अस्पतालमा बिदा नलिई अनसन बसे केसी, तलब दिने नदिनेमा अस्पताल प्रशासन नै अन्यौलमा



Download our app to get more features

काठमाडौं, २१ माघ । १६ औं चरणको अनशन शुक्रवार तोडेका शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीले बिदा नै नलिई अनसन बसेको पाइएको छ ।

अस्पतालका कर्मचारीले बिदा लिँदा फारम स्विकृत गराउनुपर्ने व्यवस्था रहेको छ । तर डा. केसीले बिदा फारम पनि नभरेको अस्पतालका निर्देशक डा. प्रेम खड्काले जानकारी दिएका छन् । उनले भने, अनसन बस्ने समयभर केसिको अस्पतालमा कुनै हाजिर पनि नभए्रको र बिदा लिएको पनि जानकारीमा आएको छैन ।

डा केसी १६ औं अनशन पुस २५ गतेदेखि अनसन बसेका हुन । उनले अनसनको २४ औं दिन माघ १८ गते अनसन तोडेका हुन् । अनसन अवधिभर अस्पतालमा उपस्थितिको हाजीर नभएको साथै बिदा पनि स्वीकृत नभएकाले तलब कसरी भुक्तान गर्ने भन्ने प्रश्न उठेको छ । यस अवधिको अस्पतालबाट पाउने तलव भत्ता उनलाई उपलब्ध गराउने की नगराउने भन्ने वारे अस्पताल नै अन्योलमा परेको छ ।

Last modified on 2019-02-05 07:03:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts