सरकारले स्वास्थ्य क्षेत्रमा ध्यान नदिए गम्भिर चुनौती खडा हुने: अधिकारी



Download our app to get more features

काठमाडौं, २३ माघ । संसदिय समितिले देशको स्वास्थ्य क्षेत्र सुधारको लागि सरकारले आवश्यक चासो नदेखाएको निष्कर्ष निकालेको छ । 

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको स्वास्थ्य उपसमितिले मंगलबार समितिलाई बुझाएको प्रतिवेदनमा सरकारले सक्रियता नदेखाए मुलुकको स्वास्थ्य क्षेत्रमा गम्भीर चुनौती उत्पन्न हुने उल्लेख गरिएको छ । 

प्रतिवेदनमा समस्या समाधानका लागि सरकारलाई सक्रियताका साथ काम गर्न सचेत गराइएको उपसमितिका संयोजक खगराज अधिकारीले बताए ।

बैठकपछि हाम्रो डक्टरसँग कुराकानी गर्दै अधिकारीले सरकारले एक वर्षको अवधिमा १२ सय वडामा बनाउने भनिएको एक डाक्टर सहितको १५ शय्याको अस्पताल निर्माणले गति लिन नसकेको, सरकारले दिने भनिएको निःशुल्क औषधि खरिद नै गुणस्तरहिन भएको, अस्पतालहरु मापदण्ड विपरित सञ्चालन भइरहेको जस्ता कुरामा सरकारको अनुगमन फितलो देखिएको बताए ।

उनले भने,‘सरकारको यस्तै रवैया रहने हो भने विश्वमा औसत आयू लामो रहेको दर्ता गराएको नेपालका नागरिकको औसम आयू कम हुने, मातृशिशु मृत्युदर बढ्ने खतरा पनि बढ्दै जानेछ ।’
 
उपसमितिले केन्द्रीय अस्पतालका फार्मेसी, इमर्जेन्सी, आईसियू, सिसियू, जेनेरल वार्ड, ओपिडीलगायतका सेवामा न्यूनतम मापदण्ड पनि कार्यान्वयन नगरिएको उल्लेख गर्दै त्यसको उचित व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ ।

Last modified on 2019-02-06 12:36:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts