पोखराका ‘प्याड म्यान’ अश्विन



Download our app to get more features

पोखरा, २४ माघ । महिनावारीको बेला प्रयोग गरिने प्याड कसरी बनाउने र त्यसको उचित प्रयोग कसरी गर्न सकिन्छ भनेर एक युवकले सिकाइरहेका छन् । सुन्दा अचम्म लाग्न सक्छ, तर अचम्म मान्नुपर्दैन  । 

यतिवेला पोखराका एक युवाले  विभिन्न विद्यालयमा प्याड बनाउन सिकाउँदै हिडिरहेका छन् । पोखरा वैदाम निवासी १८ वर्षिय अश्विन कार्कीले विभिन्न विद्यालयमा गएर महिलाले महिनावारीमा प्रयोगमा ल्याउने  प्याड बनाउन र त्यसको उचित प्रयोग गर्न सिकाइरहेका छन्  । 

दुई वर्षदेखि प्याड बनाउन शुरु गरेका अश्विनले अहिले पोखराका विद्यालयलाई प्याडमैत्री बनाउने अभियान नै चलाएका छन् । महिनावारीको  वारेमा चेतना महिलाहरुमा भन्दा बढि  पुरुषहरुमा हुुनुपर्ने कुराको आफुले महशुस गरेपछि आफुले यस्तो काम गर्न थालेको भन्दै आफुलाई यस्तो काम गर्न लाज नभएर, गर्व लाग्ने गरेको उनी बताउँछन् । 

आश्विनले गरेको कामले आजभोलि उनलाई धेरैले ‘प्याड म्यान’ भनेर बोलाउने र ‘प्याड म्यान’ भनेर चिन्ने गर्दछन् । अश्विन आफु पनि कलेजमा पढ्छन् । उनी ब्यागमा प्याड बोकेर स्कुल–स्कुलमा गई महिनावारीको विषयमा महिलाहरुलाई सावधानी तालिम दिने गर्दछन् । अश्विनले  आफैले घरमा प्याड बनाउन सकिने सरल तरिका सिकाउछन् भने अश्विनको उक्त अभियानमा उनको आमाको सहयोग रहेको छ । 

समाजमा अझै पनि छाउपडी प्रथाको अन्त्य हुन सकोकोमा अश्विनलाई चिन्ता छ । चेपाङ वस्ती लगायत दुर्गम वस्तीमा महिनावारीको विषयमा  सचेतना दिन उनी  अभियान नै लिएर जाने तयारी गर्दैछन् ।  

महिनावरी हुनु कुनै अपराध या पाप नभएर एक प्राकृतिक प्रकृया हो । यस्तो बेलामा महिलालाई अरु समयमा भन्दा बढी आराम गर्न जरुरी हुन्छ । महिलाहरुमा महिनावारीको समस्या देखेका अश्विनले महिनावारी जनचेतना सम्बन्धी अभियानको सुरुवात गरे । महिनावारी हुने विषयलाई सवैले सहज रुपमा  लिन र बुझ्न जरुरी छ । 

अश्विनले शुरु गरेको अभियानलाई सलाम छ । 

Last modified on 2019-02-07 13:54:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts