औषधि उद्योगका सञ्चालक रिहा, औषधि उत्पादन नरोकिने 

What's This?


Download our app to get more features

फागुन २३, काठमाडौं । शुक्रबार पक्राउ परेका दुई ठूला औषधि उद्योगका चार सञ्चालक तथा कर्मचारी आज रिहा भएका छन् ।
 
नेपाल औषधि उत्पादक संघले उद्योग बन्द गरी आन्दोलनमा उत्रने चेतावनी दिएपछि उनीहरुलाई महानगरीय  प्रहरीले रिहा गरेको हो  ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं र महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले लोमसका प्रज्वलजंग पाण्डे र प्रबलजंग पाण्डे तथा देउराली जनताका निगमराज अधिकारी र महाप्रबन्धक निलराज आचार्यलाइ गत शुक्रबार .नियन्त्रणमा लिएको थियो । 

उनीहरु पक्राउ परेसँगै रिहाइको माग गर्दै नेपाल औषधि उत्पादक संघले औषधि उत्पादन बन्द गर्ने चेतावनी दिएको थिए ।  साथै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल औषधि व्यवसायी संघ र औषधि उत्पादक संघले शनिवार संयुक्त पत्रकार सम्मेलन गरी सरकारले औषधि उत्पादकमाथि गरेको कारबाहीको विरोध गरेका थिए । 
पक्राउ परेकाहरु रिहा भएसँगै संघले उद्योग बन्दको कार्यक्रम फिर्ता लिएको छ भने घटनाको सत्यतथ्य छानविन र आयोग गठन गरेर मुल्य समायोजन गर्नुपर्ने माग गरेको छ  ।
 

Last modified on 2016-03-06 17:57:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts