पुरूषभन्दा तीन वर्ष युवा हुन्छ महिलाको मस्तिष्क !



Download our app to get more features

काठमाडौं २६ माघ ।  वैज्ञानिकको दाबीअनुसार महिलाको मस्तिष्क उनीहरूको उमेरकै पुरुषको दाजोमा तीन वर्ष युवा हुन्छ । यसैकारण महिलाको मस्तिष्क लामो समयसम्म तीव्र गतिले चल्ने गरको हो। यो अध्ययन ‘प्रोसेडिङस अफ नेसनल एकेडमी अफ साइन्सेजमा प्रकाशित छ ।

उक्त अध्ययनमा २० देखि ८४ वर्षका १ सय २१ महिला र ८४ पुरुष सहभागी थिए । अध्ययनअन्तर्गत उनीहरूको मस्तिष्कमा ग्लुकोज र अक्सिजनको प्रवाह नाप्न उनीहरूको ‘पीईटी स्क्यान’ गरिएको थियो।

मस्तिष्कको मेटाबोलिज्मसम्बन्धी क्रियाले महिला रपुरुषको उमेर बढ्दा उनीहरूको मस्तिष्कको अन्तर बुझ्न सघाउन सक्छ ।  मस्तिष्क ग्लुकोजले चल्छ तर मस्तिष्कले ग्लुकोजको उपयोग कसरी गर्छ भन्ने कुरा उमेर वृद्धिसँगै परिवर्तन हुँदै जान्छ ।

अध्ययनमा संलग्नहरूको उमेर र मस्तिष्कको क्रियाबीच सम्बन्ध पत्ता लगाउन एउटा मेसिनमा पुरुषको उमेर र मस्तिष्क क्रियाको तथ्यांक हालियो। अनुसन्धानकर्ताहरूले महिलाको मस्तिष्कको मेटाबोलिज्मको तथ्यांकलाई पनि मेसिनमा हाले र तथ्यांकले महिलाको मस्तिष्कको उमेरको गणना गरे । 

महिलाको वास्तविक उमेरभन्दा उनीहरूको मस्तिष्कको आयु ३.८ वर्ष युवा देखियो। अर्कातिर, पुरुषको मस्तिष्कको आयु वास्तविक उमेरको दाजोमा २.४ वर्ष बढी थियो।

 

Last modified on 2019-02-09 18:38:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts