एचआइभी एड्सको परीक्षण



Download our app to get more features

गलकोट, २७ माघ । धौलागिरि अञ्चल अस्पताल र बडिगाड गाउँपालिका बागलुङको आयोजनामा शनिबार एकदिने एचआइभी एड्स परीक्षण तथा परामर्श शिविर सम्पन्न भएको छ । जिल्लाको बडिगाड गाउँपालिका–५ मा रहेको ग्वालिचौरमा स्वास्थ्य चौकीमा सञ्चालन गरिएको निःशुल्क शिविरमा ४०० जनाले एचआइभी एड्स परीक्षण गराएको अञ्चल अस्पतालले जनाएको छ । 

धौलागिरि अञ्चल अस्पतालको एआरटी (एन्टी रेक्टो ट्रिटमेन्ट) सेन्टर को प्राविधिक टोलीले दुर्गम गाउँ ग्वालिचौरका स्थानीयवासीको एचआइभी एड्स परीक्षण शिविर सञ्चालन गरेको सेन्टरका प्रमुख परामर्शदाता प्रदीप आचार्यले बताए। 

जिल्लाको ग्वालिचौरमा धेरै क्षय रोगका बिरामी भएका कारण एचआइभी एड्स नमूना परीक्षण गरिएको थियो । एचआइभी एड्स भएका बिरामीलाई क्षयरोगको सङ्क्रमण बढी हुने गरेकाले ग्वालिचौरमै परीक्षण शिविर सञ्चालन गर्नुपरेको आचार्यले बताए । 

एआरटी सेन्टरले एचआइभी एड्स परीक्षण, परामर्श तथा औषधि समेतको सेवा दिने गर्दछ । शिविरमा एआरटी सेन्टर बागलुङका चार जना प्राविधिकले सेवा प्रदान गरेका थिए । बागलुङ जिल्लामा ३७५ जना एचआइभी एड्स सङ्क्रमित व्यक्ति रहेका छन् । रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts