विश्व कण्डम दिवसः ८ प्रतिशतले मात्रै प्रयोग गर्छन् कण्डम !



Download our app to get more features

काठमाडौं २८ माघ  । फेब्रअरि १३ मा ‘अन्तर्राष्टिय कण्डम दिवस’ मनाउँदै आइएको छ । कण्डमको सही तरिकाले प्रयोग गरी सुरक्षित यौन सम्पर्कबारे जनचेतना फैलाउनका लागि रचनात्मक ढंगबाट राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र, टेकुले पनि विश्व कण्डम दिवस मनाएको छ ।
यौन रोग नियन्त्रण केन्द्र, टेकुका निर्देशक डा। तारानाथ पोख्रेलको अध्यक्षतामा सोमबार विहान र  राष्ट्रिय तालिम केन्द्र टेकुमा  विशेष रुपमा विश्व कण्डम दिवस मनाइएको हो ।

कार्यक्रममा एनसिएएससिका सार्वजनिक स्वस्थ्य प्रशासन प्रमुख मदन कुमार श्रेष्ठ, स्वास्थ्य तथा शिक्षा अधिकारी लोकराज पाण्डेसहित एएचएफतर्फका दिपक ढुंगेल, दिव्य राज जोशीलगायतको उपस्थिती रहेको थियो ।

कति छन् नेपालमा कण्डम प्रयोग गर्ने र?
नेपालमा कण्डम लगायत परिवार नियोजनको अन्य साधन प्रयोग गर्नेहरु करिव ४३ प्रतिशत रहेको छ । कण्डमलाई परिवार नियोजनको साधनको रुपमा स्वीकार गर्नेहरुको संख्या बढ्दै गएको छ । यसकारण  प्रजनन उमेरका २४ प्रतिशत महिलाहरुको परिवार नियोजनको माग अपुग छ ।  

स्वास्थ्य सेवा विभागको २०७३/७४ को वार्षिक प्रतिवेदनअनुसार हाल ८ प्रतिशतले मात्रै कण्डमको प्रयोग गर्दछन् । आइ वि वि एस सर्भेअनुसार एचआइभि तथा यौन रोग सर्नसक्ने जोखिममा रहेका समुदाय जस्तै यौनकर्मी उनीहरुका ग्राहकहरु, पुरुष समलिंगिहरु, तेस्रोलिंगिहरु, सुईद्धारा लागुपदार्थ लिने व्यक्तिहरुमा कण्डम प्रयोग व्यवहार बढेको छ । 
 विशेषगरी तराई भेगमा एचआइभी तथा यौनरोगको संक्रमण दर स्थिर अवस्थामा कायम राख्नको लागि कण्डम प्रयोग गर्ने व्यवहारलाई अझ सशक्त रुपमा बढावा दिंदै जानुपर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।


जनसंख्या बृद्धिदरलाई कम गर्नको लागि साथै एचआइभि तथा यौनरोग संक्रमणलाई कम गर्नका लागि कण्डमको सहज र सुलभ उपलबधता तथा पँहुच हुन जरुरी रहेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कण्डम विना यौनसम्पर्क गर्दा ७७ प्रतिशलाई एचआईभी 
नेपालमा करिव ७७ प्रतिशतलाई कण्डम विना यौनसम्पर्क गर्दा एचआइभी सरेको पाइएको छ । सन् २०१७ को अन्त्य सम्म संसारभर ३ करोड ६९ लाख व्यक्तिमा एचआइभी संक्रमण भएको अनुमान गरिएको छ । नेपालमा भने ३१ हजार २० जनामा एचआइभी संक्रमण भएको अनुमान छ । ती मध्ये पुरषको संख्या १९ हजार २० र महिलाको संख्या १२ हजार रहेको छ । 
नेपालमा १५ वर्ष देखि ४९ वर्षको उमेर समुहमा एचआइभी व्याप्तता दर ०.१५ प्रतिशत रहेको छ । 

कण्डमबाट दोहोरो सुरक्षा
कण्डम एक मात्र साधन हो जसले सही तरिकाले हरेकपटकको यौन सम्पर्कमा प्रयोग गरेकमा दोहोरो सुरक्षा दिन्छ ।

पहिलो एचआइभी तथा यौनरोग सर्नबाट जोगाउँछ । दोस्रो आपूmले नचाहेको गर्भ रहनबाट बचाई जन्मान्त र परिवारको अकार सिमित गरी स्वस्थ जिवनयापन र समुन्नत परिवारको लागि सहयोग पुर्याउँछ । 

त्यसैले कण्डम परिवार नियोजनको साधन मात्र नभएर एचआइभी तथा यौनरोग सर्तबाट बचाउने प्रभावकारी तथा भरपर्दो साधन पनि  भएको छ । 
कण्डम एचआइभी सर्न सक्ने जोखिममा रहेको व्यक्तिहरुलाई मात्र नभएर एचआइभी शंक्रमित भैसकेका व्यक्तिहलई पनि यौन रोग लागायत एचआइभीका पुन संक्रमण हुनबाट जोगाउन उत्तिकै आवश्यक रहेको निर्देशक पोख्रेलले बताए ।

एचआईभी संक्रमण र जनसंख्या वृद्धि दुवैलाई कम गर्नका लागि नेपाल सरकारले निशुल्क रुपमा कण्डम वितरण गर्दै आएको छ ।

वर्तमान अवस्थामा कण्डमप्रतिको नकारात्मक सोच र धारणा हाटाएर सकारात्मक हुन जरुरी रहेको केन्द्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
  
हेरौं विज्ञप्ति

Last modified on 2019-02-12 07:22:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts