महिनावारी बन्द भएको चारवर्षपछि जुम्ल्याहा 'टेष्टट्यूव बेबी'



Download our app to get more features

काठमाडौं, २८ माघ । डिल्लीबजार काठमडौंकी एक महिलाले ५४ वर्षको उमेरमा टेष्टुयुव बेबी (अाईभिएफ) बाट जुम्ल्याहा सन्तानलाई जन्म दिएकी छन् ।

आइतवार वयोदा अस्पतालमा शल्यक्रिया मार्फत उनले एक छोरा र एक छोरीलाई जन्म दिएकी हुन । सामान्यतया महिलाहरुले महिनावारी बन्द भएपछि बच्चा पाउन सक्दैन भन्ने कुरालाई उनले चुनौती दिएकी छन् । उनले महिनावारी बन्द भइसकेको ४ वर्षपछि जुम्ल्याहा बच्चा जम्माएको स्त्रीराेग तथा अाईभिएफ विशेषज्ञ डा. नुतन शर्माले जानकारी दिइन् । डा शर्माका अनुसार उनी सन्तानको चाहाना राख्दै आफ्ना श्रीमानसंग परामर्श लिन पुगेकी थिइन् । महिनावारी पनि बन्द भएकाे र उमेर पनि ५३ वर्षमा पुगेको अवस्थामा उनले गर्भधारण गरेकी हुन् । अरु कुनै बच्चालाइ आफ्नो सन्तानको रुपमा लिनुभन्दा पहिले एक पटक आफ्नै हुन्छकी भन्ने आशले ती दम्पति सल्लाह लिन आफुसामु आएको डा. शर्माले बताइन् ।

महिनावारी बन्द भएकोले पहिले उनलाई महिनावारी नियमित गराउने औषधी दिएको पनि डा. शर्माले बताइन् । उनको पाठेघरको जाँच गर्दा कुनै समस्या देखिएको थिएन । उनको महिनावरी पनि सुरु भयो अनि टेष्ट्युव वेवीको लागि गरिएको पहिलो प्रयासमा नै सफल भएको डा .शर्माले बताइन् । उनको उच्च रक्तचापका कारण अस्पतालले शिशु जन्माउने मिति भन्दा पहिले नै शल्यक्रिया गरी बच्चा निकाल्नु परेको हो । डा. शर्माका अनुसार आमा र बच्चा दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । नेपालमा यस्तो प्रविधिबाट बच्चा जन्माउन लगभग तीन लाख रुपैया सम्म खर्च हुने गर्दछ ।

डा.शर्माले भनिन् 'इच्छा भए सन्तान जन्माउन उमेरले छेक्दैन रहेछ ।' यस्तो घटनाहरु संसारभरी नै एकदम नै कम हुने गरेको डा शर्माले दावी गरिन् ।

Last modified on 2019-02-12 22:40:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts