रक्सी पिउँपिउँ किन लाग्छ ?, रक्सी पिउदा तपाईको डीएनएमा क्षति पुग्न सक्छ



Download our app to get more features

धेरै रक्सी पिउँदा वा उत्सव मनाउँदा पिइने धेरै रक्सीले तपाईँको वंशाणु (जीन) मा परिवर्तन ल्याइदिन्छ । त्यसले तपाईँलाई झन रक्सी पिउँपिउँ तुल्याइदिन्छ ।

अमेरिकाको रटगर्स विश्वविद्यालयको अनुसन्धानले रक्सी पिउने लत किन बस्छ भन्ने कुराको जवाफ दिने त्यहाँका वैज्ञानिकहरूले बताएका छन्।

असाध्यै रक्सी पिउने भनेर आठ गिलासभन्दा बढी पिउने महिला वा १५ गिलासभन्दा बढी पिउने पुरुष र उत्सवमा पिउने भन्नाले एक महिनामा एउटा उत्सवमा चार गिलास पिउने महिला वा पाँच गिलास पिउने पुरुष भनेर वर्गीकरण गरिएको छ।

अल्कोहोलिज्म : क्लिनिकल एण्ड एक्पेरिमेन्टर रिसर्च भन्ने जर्नलमा उक्त अध्ययन प्रतिवेदन छापिएको छ।

रक्सी पिउदा तपाईको डिएनएमा क्षति पुग्न सक्छ । त्यसले तपाईंको मस्तिष्कले काम गर्ने तरिका पनि परिवर्तन गरिदिन सक्छ ।

अमेरिकाको रटगर्स विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरेको एक अध्ययनमा धेरै नै रक्सी खाने र उत्सवहरुमा रक्सी खाने मान्छेका जीन (वंशाणु) हेरीएको थियो ।

रक्सीले जीन बिगारेको उनीहरुले पत्ता लगाए । मान्छेको शरिरमा हुने बायोलोजिकल क्लब भनिने शरीरको चक्र र उसको तनावप्रति प्रतिक्रिया जनाउने प्रणालीमा सबभन्दा बढि क्षति पुगेको पाइयो ।

यहि नै सबभन्दा नराम्रो कुरा हो ।

वैज्ञानिकहरुले थाहा पाए- ती दुईमा क्षति पुगेका कारण मानिसहरुलाई अझ बढि रक्सी खाने र तनाव भयो कि रक्सी खाने तलतल बढ्ने बनाइदिन्छ ।अझ रक्सी थप्ने भनेको ती जीनहरुमा अझ बढि क्षति पुग्नु हो, र त्यसको अर्थ अझ बढि पिउनु हो ।

अनुसन्धानपछि एउटा परिक्षण प्रविधि बनाउन सकिन्छ कि भन्ने आशा राखिएको छ । त्यसले मान्छेहरुमा रक्सी पिउने आदत हानिकारक तहमा पुगेको छ कि छैन भन्ने पत्ता लगाउनेछ ।  .

Last modified on 2019-02-14 09:01:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts