कुष्ठरोगबारे मानिसमा अझैं गलत धारणा रहेको भन्दै पाठ्यक्रममा समावेश गर्न सरोकारवालाको ध्यानाकर्षण



Download our app to get more features

जनकपुर, ३ फागुन । कुष्ठरोगको बिषयमा अहिलेसम्म पाठ्यक्रममा समावेश नभएका कारण गाउँ समाजमा अझै पनि कुष्ठरोगलाई पूर्वजन्मको पापको रुपमा लिने गरिएको एक कार्यक्रममा सहभागीहरुले बताएका छन ।

धनुषाको मिथिला नगरपालिका लालगढमा बिहीवार कुष्ठरोग प्रभावितको क्षेत्रमा काम गर्दै आएको एसोसिएसन फर आइडिया नेपालले आयोजना गरेको प्रदेश भेलामा सहभागीहरुले २१ औ शताव्दीमा पनि कुष्ठरोगीलाई घर निकालासम्मको व्यवहार हुनु दुःखद भएको वताए । सहभागीहरुले यो बिषय पाठ्यक्रममा समावेश गर्न पाठ्यक्रम विकास केन्द्रलाई आग्रह गरे । 

अरु रोग जस्तै कुष्ठरोग पनि सामान्य रोग हो भन्ने जनचेतना जगाउंदै कुष्ठरोग जो कोहीलाई पनि हुन सक्ने भन्दै कुष्ठरोगी हेला नगर्न आग्रह गरिएको छ । अहिलेसम्मको पाठ्यक्रममा सर्ने र नसर्ने रोगको बिषय मात्रै राखिएको र अब कक्षा ११ र १२ को पाठ्यक्रममा यो बिषय समावेश हुनुपर्ने मांग सहभागीहरुले गरेका छन ।

नेपालमा कुष्ठरोग प्रभावितको संख्या २ लाख पुगेको छ । सबै भन्दा बढी कुष्ठरोगी धनुषामा रहेका छन् । यस्तै बाँके, बर्दिया, पर्सा, झापा, नवलपरासी, बारा लगायतका १८ वटा जिल्लामा कुष्ठरोगी धेरै भएका जिल्लामा पर्दछन् ।

Last modified on 2019-02-15 11:14:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts