राेकिएन गण्डकी मेडिकल कलेजका विद्यार्थीकाे आन्दोलन, बोर्ड परीक्षा प्रभावित



Download our app to get more features

काठमाडौं, ३ फागुन । बढी शुल्क लिएको भन्दै गण्डकी मेडिकल कलेजका विध्यार्थीहरुले गरेको आन्दोलन थप जटिल बन्दै गएको छ ।

आन्दोलनको कारण एमबीबीएस तेस्रो वर्षको फागुन १२ गतेदेखि हुने भनिएको बोर्ड परीक्षा पनि प्रभावित हुने भएको छ । कलेज प्रशासन र विध्यार्थीले आआफ्नो अडान नछोडेकाले ठोस वार्ता समेत हुन सकेको छैन । विगत दुई हप्ता देखि कलेजमा तालाबन्दी छ भने केही दिनयता अस्पतालको ओपीडी सेवा पनि बन्द छ ।

अस्पतालले इमर्जेन्सी सेवा पनि बन्द गरेर विध्यार्थीको बदनाम गराउन खोजेको आरोप विद्यार्थीहरुले लगाएका छन । १० दिनपछी रहेको परीक्षाको फारम अझै विद्यार्थीहरुले भरेका छैनन।

कलेजले त्रिविले तोकेको भन्दा अत्याधिक बढी शुल्क विभिन्न शीर्षक राखेर असुलेपछि विद्यार्थी र अभिभावकहरुले पहिले देखिनै विरोध गर्दै आएका थिए । कलेजले इन्टर्नसिप फी, एन्नुअल फी आदिको नाममा विगत केही वर्षदेखि भर्नाको बेलामा अनधिकृत रुपमा रसिद समेत नदिएर वार्षिक २ देखि ३ लाख बढि लिएको विद्यार्थीहरुको दुखेसाे छ ।

अतिरिक्त रकम फिर्ता गर्नुपर्ने, सरकारले तोकेको सीमाभित्रमात्र शुल्क लिन पाउने, विद्यार्थीले तिरेको रकमको विल, भौचर उपलब्ध गराउनुपर्ने तथा कलेजमा रहेका विसङ्गतिहरु हटाउनुपर्ने चार सुत्रीय माग राखी विद्यार्थीहरुले आन्दोलन जारी राखेका हुन् ।

Last modified on 2019-02-16 07:21:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts