महिनाबारी भएको कति दिनमा सेक्स गर्दा सुरक्षित ?



Download our app to get more features

काठमाडौं ४ फागुन । महिनावारी हुनु अगाडि र भए पछाडिका केही  दिनमा यौन सम्पर्क गर्नाले गर्भ रहँदैन । जुन कुरा हालका आधुनिक अनुसन्धानले पुष्टि समेत गरिसकेको छ । 
सोहीकारण विज्ञहरुले परिवार नियोजनको एउटा विकल्प भनेरै मानेका छन् । साथै  ‘सेफ सेक्स पिरियड’ भनेर पनि मान्दछन् । 

हेरौं, महिनावरी भएपछि कुन दिनको सेक्स सुरक्षीत हुन्छः 

१. महिनावारी भएको पहिलो सात दिन; महिनावारी भएको पहिलो सात दिन सुरक्षित अवस्था हो । तर, उक्त समयमा महिला शारीरिक र मानसिक रुपले भने यौनसम्पर्क गर्नु राम्रो मानिदैन । यसकारण यो बेलामा यौनसम्पर्क नगरेको राम्रो हुने विज्ञहरु बताउँछन् ।

 २. महिनावारी पछि आठौँ, नवौँ र दशौँ दिनः उक्त दिनमा साधनविना गरिने सेक्स तुलनात्मक रुपमा सुरक्षित मानिन्छ  । अनुसन्धानकर्ताहरुले  उक्त दिनमा गरिने यौनसम्पर्कका बेला गर्भरहने सम्भावना कम अर्थात ४० देखि ६० प्रतिशत मात्रै रहने बताउने गरेका छन् ।

 ३. महिनावारी भएको ११ देखि १६ दिनः  साधनविना गरिने यो बेलाको यौनसम्पर्कले गर्भरहने सम्भावना अत्यधिक हुन्छ । विज्ञहरुले डिम्व बाहिर आएर बस्ने भएकोले यो बेलामा हुने साधनबिनाको यौनसम्पर्कले गर्भरहने सम्भावना ८० प्रतिशतसम्म रहने बताउँछन् ।

४.  १७ देखि १९ दिनः साधनविना गरिने यौनसम्पर्कमा गर्भरहने सम्भावना कम त रहन्छ तर ढुक्कै चाहि हुँदैन । विज्ञहरुले उक्त समयमा पनि गर्भरहने सम्भावना ४० देखि ६० प्रतिशत रहने बताउँछन् ।

५ . २० देखी महिनावारी नहुँदासम्मको दिनः   यसबेला साधनविना गरिने यौनसम्पर्कले अरु बेलाको तुलनामा सबैभन्दा सुरक्षित मानिन्छ । अर्थात विज्ञहरुले सो समयमा साधनविना गरिने यौनसम्पर्कले गर्भरहने सम्भावना सून्य देखि ५ प्रतिशत मात्रै रहने बताएका छन् ।

नोटः विभिन्न अनुसन्धानले सुरक्षित र असुरक्षित समय र दिन तोके पनि सबैमा यो लागू हुन्छ भन्ने छैन । सून्य देखि ५ प्रतिशत सम्भावना भने जहिले पनि रहने अनुसन्धानकर्ता बताउँछन् । सोहीकारण परिवार नियोजनको भरपर्दो साधन अपनाउनु सबैभन्दा भरपर्दो हुन्छ । यससँगै ‘सेफ सेक्स’ भनेको गर्भ नरहने समयलाई संकेत गरिएको हो । जसले एचआइभी एड्स तथा अन्य यौनरोगको सम्भावनालाई रोक्न सक्दैन ।

Last modified on 2019-02-17 07:14:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts