के हो ल्याप्रोस्कोपी प्रविधि ? यस्ता छन्, फाइदा



Download our app to get more features

काठमाडौं ४ फागुन ।  विकसित देशहरुमा अधिकांश रोग पहिचान र उपचारको लागि गाइनो ल्याप्रोस्कोपी प्रविधि प्रयोगमा छ । तर, नेपालमा भने यो प्रविधि भित्रिएको धेरै समय भएको छैन । नेपालमा पनि ल्याप्रोस्कोपी प्रविधि प्रयोग बढाउन सके यसबाट धेरै नेपालीले उत्कृष्ट सेवा पाउनेछन् । 

ल्याप्रोस्कोपी प्रविधिबारे स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रंगीना शाह यसो भन्छिन्ः
नेपालका केही अस्पतालहरुले स्त्री रोगको पहिचान र उपचारमा यो प्रविधि प्रयोगमा ल्याइसकेका पनि छन् । ल्याप्रोस्कोपी  भनेको धेरै चीरफार नगरी दुरबिनबाट गरिने सर्जरी –शल्यक्रिया हो ।

ल्याप्रोस्कोपी विधीबाट स्त्रीहरुमा बच्चा निकाल्ने बाहेक धेरै रोगको शल्यक्रिया गरिन्छ । सामान्य शल्यक्रिया भन्दा कम समय, कम दुखाई हुन्छ । साथै अन्य धेरै दुष्टिबाट यो प्रविधि उपयुक्त मानिन्छ ।

जहाँ दुखेको हो वा सम्भावित स्थानमा सानो प्वाल पारिन्छ र दुरबिन छिराई त्यही अंगको अवस्था हेरी उपचार गरिन्छ । 

 ल्याप्रोस्कोपी प्रविधिबाट शल्यक्रिया कत्तिको सुरक्षित 
अधिकांशलाई हालसम्म यो प्रविधि बारेको अनभिज्ञताले गर्दा सुरक्षाका प्रश्नहरु आउने गर्दछ । यो प्रविधि रोगको उपचारमा पछिल्ला पटक भित्रिएको एकदमै भरपर्दो र सुरक्षित प्रविधि हो ।

उच्च गुणस्तरका क्यामराका सहायतामा टि।भी। को स्क्रिनमा हेरेर गरिने शल्यक्रिया भएकोले पुराना विधिबाट गरिने शल्यक्रिया भन्दा यो विधिबाट गरिने शल्यक्रिया भरपर्दो र सुरक्षित छ ।

ल्याप्रोस्कोपी प्रविधिका फाइदा
पुरानो प्रविधिबाट शल्यक्रिया गर्दा १० सेन्टिमीटर चिर्नुपर्छ भने, यो प्रविधिबाट एक सेन्टिमीटर मात्रै चिरिन्छ ।
दुखाई कम हुने ।
रगत कम बग्ने ।
घाउ छिटो निको हुने । 
अस्पतालमा धेरै समय बस्नु नपर्ने । 
बिरामीलाई शारीरिक तथा मानसिक तनाव कम हुने ।

यो प्रविधिबाट सहज उपचार हुने रोगहरुः 
पाठेघरबाट धेरै रगत बगेमा । 
पाठेघरमा ट्युमर पलाएमा । 
बच्चा पाठेघरको नलीमा बसेमा । 
डिम्बनलीमा ट्युमर पलाएमा । 

 पुरानो प्रविधि र यो नयाँ प्रविधिको अन्तर यस्तो छः
पुरानो प्रविधिबाट शल्यक्रिया गर्दा बिरामीलाई बेहोस पारेर समस्या देखिएको अंगको माथिल्लो भागमा १० सेन्टीमिटर चिरिन्छ ।
 छालाको २–३ तह चिनुपर्ने हुन्छ ।

तर, ल्याप्रोस्कोपीबाट शल्यक्रिया गर्दा एक सेन्टीमिटरको सानो प्वाल पारी दुरबिन छिराई सम्बन्धित स्थानको अवस्था हेरिन्छ  र आधा–आधा सेन्टिमिटरका प्वाल पारी आवश्यक औजारको सहायताले शल्यक्रिया गरिन्छ । 

ल्याप्रोस्कोपी प्रविधि निकै प्रभावकारी भए पनि नेपालको सन्दर्भमा भने यसबारे केही भ्रम छन्, महंगो छ, रोग निदान हुन लामो समय लाग्छ, एकपटक रोग निको भए पनि दोहोरिन्छ भन्ने धेरैमा भ्रम छ । तर, त्यसो होइन । हरेक दृष्टिले यो उपचार पद्धति उत्कृष्ट छ । 
 

Last modified on 2019-02-17 12:57:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts