पुर्ण खोप गाउँपालिका दिगोपनाका लागि रणनितिक कार्ययोजना तयार



Download our app to get more features

बाँके, ६ फागुन । डुडुवा गाउँपालिकालाई पुर्ण खोप गाउँपालिका सुनिश्चितता र दिगोपनाका लागि रणनितिक कार्ययोजना तयार गरिएको छ ।

गाउँपालिकाद्वारा आइतबार आयोजित सरोकारवालासँगको अन्र्तक्रिया कार्यक्रममा सो कार्ययोजना निमार्ण गरिएको हो ।

कार्ययोजना अनुसार खोपबाट बञ्चित बालबालिकाहरुको तथ्याक संकलन, बाहिरबाट आएका बालबालिकाहरुको विवरण लिने, लक्ष्य अनुसारको प्रगतिका लागि देखिएका समस्या पत्ता लगाई सोही अनुसार कार्य गर्ने र दिगोपनाका लागि सम्पुर्ण कर्मचारी जिम्मेवारीपुर्बक काम गर्ने लगायत रहेका छन ।

कार्यक्रममा पुर्ण खोप गाउँपालिका घोषणापछि हालसम्मको प्रगतिबारे समिक्षा गरि लक्ष्य अनुसारको उपलब्धी हासिल गर्नका लागि सम्वन्धित स्वास्थ्य चौकी इन्चार्जहरुले प्रतिबद्धता जाहेर गरेका छन । कार्यक्रममा गाउँपालिकामा खोपको प्रगतिको अवस्था, समस्या तथा चुनौतीका बारेमा गाउँपालिका स्वास्थ्य संयोजक धनबहादुर बुढाले प्रस्तुतीकरण गरेका  थिए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले स्वास्थ्य सेवाको प्रभावकारिताका लागि अभियान नै संचालन गरेकाले कुनै पनि जनताले स्वास्थ्य सेवाबाट बञ्चित हुन नदिनका लागि रणनिति नै बनाएर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका थिए । उनले गाउँपालिकाका हरेक नागरिकलाई गुणस्तरिय र प्रभावकारी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिदै गाउँपालिकाले त्यसैगरि काम गरिरहेको बताए ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts