गोदानको आन्दोलन आजबाट सुरु, सामूहिक राजीनामाका लागि हस्ताक्षर संकलन गर्दै



Download our app to get more features

काठमाडौं, ६ फागुन । सरकारी चिकित्सक संघ (गोदान) ले आजबाट सामूहिक राजीनामाका लागि हस्ताक्षर संकलन सुरु गर्दैछन् । 

कर्मचारी समायोजनको क्रममा देशभरका सरकारी चिकित्सकलाई संघ मातहतमा राखेर खटनपटन गर्नुपर्ने भन्दै गोदानले आन्दोलन घोषणा गरेको हो । 

आन्दोलनको कार्यक्रम सार्वजनिक गर्दै संघले सामूहिक राजीनामा दिने, भोली माइतीघर मण्डलामा रक्तदान गर्ने, बुधबार सामूहिक विदामा बस्ने, विहिबार पनि हस्ताक्षर संकलन गर्ने र शुक्रबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बहिस्कार गर्ने जनाएको छ । 

सरकारी चिकित्सक सङ्घले सरकारी चिकित्सकको समायोजन प्रक्रिया नै गैरकानुनी रहेको भन्दै त्यस विरुद्ध आन्दोलनका कार्यक्रम अघि सारेको संघका अध्यक्ष डा.दिपेन्द्र पाण्डेले बताए । 

स्वास्थ्य मन्त्रालयले गत पुस २९ गते चिकित्सकहरुसँग गरेको सम्झौतामा सबै चिकित्सकलाई केन्द्रअन्तर्गत राख्ने र मन्त्रालयले आवश्यकताअनुसार विभिन्न ठाउँमा खटाउने उल्लेख छ । तर, सम्झौता कार्यान्वयन नभएको भन्दै सरकारी चिकित्सकहरु फेरि आन्दोलित भएका हुन् ।
 

Last modified on 2019-02-19 07:33:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts