किन अझै सञ्चालनमा आएन टेकुकाे आइसोलेसन वार्ड ? यस्ता छन् समस्या



Download our app to get more features

काठमाडौं, ६ फागुन । नेपालको एक मात्र सरकारी सरुवा रोग अस्पतालमा अझै पनि आइसोलेसन वार्ड सञ्चालनमा आएको छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइसोलेसन वार्डको चर्चा हुन थालेको ८ वर्ष वितिसक्दा पनि सञ्चालनमा आउन नसकेकाे हाे । वार्ड सञ्चालन गर्न आवश्यक पर्ने जनशक्ति अस्पतालमा नभएको कारणले गर्दा सञ्चालनमा आउन नसकेको अस्पतालका निर्देशक बासुदेव पाण्डेले बताए ।

उनका अनुसार स्वास्थ्य मन्त्रालयले आइसोलेसन वार्ड सञ्चालन गर्न आवश्यक पर्ने कर्मचारी दरबन्दि स्विकृत गर्ने वितिक्कै सञ्चालमा आउने छ । तर यो कहिले देखि सञ्चालमा आउने भन्ने बारे कुनै निश्चित छैन । यस वार्डको निमाण गरि हालको अवस्थामा पुर्याउन लगभग ३ करोड जति खर्च भइसकेको पनि उनले बताए । पाण्डेका अनुसार अझै यसलाई व्यवस्थि गर्न एक करोड जति रकम लाग्ने छ ।

सरुवा रोग अस्पतालमा आइसोलेसन वर्डा हुन जरुरी रहेको अस्पतालका डा. अनुप बास्तोलाले बताए । उनले सरुवा रोग एक व्यक्ति बाट अर्काेमा नसरोस भन्ने उद्देश्यले यस वार्डको स्थापना गरेको बताए ।

आइसोलेसन वर्डाको निमार्ण गर्नुपूर्व यसको विस्तृत अध्ययनमा कमी रहेको छ । वार्ड मात्र निमार्ण भयो तर यसको दिर्घकालीन योजना नहुन सञ्चालनमा आउन नसको अस्पतालका स्वास्थ्यकर्मीले बताए । कुन रोगका विरामी राख्ने भन्ने कुनै पनि योजना नभएको अस्पताल स्रोतले जनाएको छ । साथै अस्पताल प्रति प्रश्न उठाउने कोहि नभएका कारणले गर्दा पनि यस्तो अवस्था आएको हो । अस्पतालमा कार्यरत स्वास्थ्यकमीले स्वास्थ्य मन्त्रालय यसको अभिभावक भएकोले मन्त्रालयले यसको विकासमा जोड नदिएको आरोप लगाएका छन् ।

अस्पतालमा निर्देशक पनि फेरिरहने कारणले गर्दा पनि अस्पतालको विकास पछि परेको पनि स्वास्थ्यकमीको गुनासो छ । आइसोलेसन वार्डको आवश्यकता महशुस नभएकोले गर्दा अहिलेसम्म सञ्चालनमा आउन नसकेको स्रोतको दावी छ । स्रोतका अनुसार विश्वमा इवोला संक्रमणको त्रास भएको बेला नेपालमा पनि यस अस्पतालमा आइसोलेसनको काम धमाधम भएको थियो । तर इवोला विस्तारै कम हुदै गएपछि काम पनि ठप्प भएको हो । आइसोलेसन वार्ड सञ्चालन कुनै माहामारि नफैलिए सम्म सरु हुने कुनै अवस्था नरहेको अस्पतालको एक स्वास्थ्यकर्मीले बताए ।

निर्देशक पाण्डेले आइसोलेसन वार्ड नहुन विरामीलाई फर्काउनु पर्ने अवस्था रहेको बताए । उनर्ले अगाडिको कुरा सम्झदै भने भने ‘नेपालमा आइसोलेसन वार्ड नहुन इवोला लागेका अफ्रिकि नागरिकलाई विमानस्थिल बाटै फर्काउनु पर्यो । ’ यस वार्ड सञ्चालनका लागि अस्पतालले मन्त्रालयलाई दरबन्दि माग गरेको छ । जसमा ३० जना स्टाफ नर्स र सात जना मेडिकल अफिसर रहेको छ ।

के हो आइसोलसन वार्ड ?

अत्यन्त संक्रमित विरामीलाई छुट्टै राखि उपचार गर्न आइसोलेसन वार्ड चाहिन्छ । एक व्यक्तिमा लागेको कुनै सरुवा रोग अर्काेमा नसर्ने अवस्था नभए सम्म त्यस्ता विरामीलाई यस वार्डमा राखेर उपचार गरिन्छ । यस वार्डमा लहरेखोकी, भ्यागुते रोग, दादुरा, खकार पोजेटिभ, एमडिआर टिवि लगाएतका रोग भएका विरामीलाई राखि उपचार गराइन्छ । दुत्र गतिमा सर्ने रोगका विरामीहरुलाई यस वाडमा राखेर उपचार गरिन्छ ।

Last modified on 2019-02-19 07:33:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts