बागलुङमा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने



Download our app to get more features

काठमाडौं,६ माघ । बागलुङको वरेङ गाउँपालिका नागरिकलाई हात्तिपाइले विरुद्धको औषधि खुवाइने भएको छ ।

गाउँपालिकाका वडा अध्यक्ष र स्वास्थ्य चौकी प्रमुखहरुको राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम सम्बन्धि योजना तर्जुमा गोष्ठीबाट गाउँपालिकाका नागरिकलाई हात्तिपाइले विरुद्धको औषधि खुवाइने निर्णय गरिएको हो ।

राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत गाउँपालिकाका सम्पूर्ण व्यक्तिहरुलाई यहि फागुन १५ गते देखि हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गराउने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरु र स्वास्थ्यचौकी प्रमुखहरु सहित १५ जनाको उपस्थिती रहेको थियो ।

यसै गरि सञ्चार माध्यममा प्रचार प्रसार, वडास्तरीय अन्तरक्रिया, बहस, अभिमुखीकरण गोष्ठी र विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गरी आम औषधी वितरण कार्यक्रमलाई प्रभावकारी बनाउने गरि योजना तर्जुमा गरिएको छ । गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन स्वास्थ्यकर्मी तिलबहादुर रानाले गरेका थिए । । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पदम बहादुर पुनले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजिकरण स्वास्थ्य कार्यालय बागलुङका फोकल पर्शन चुडामणी कंडेलले गरेका थिए ।

Last modified on 2019-02-18 12:01:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts