गोदानको आन्दोलन: रक्तदान र मास्क वितरण



Download our app to get more features

काठमाडौं, ७ फागुन । सरकारले आफुसंग भएको सम्झैता विपरित काम गरेको भन्दै आन्दोलका कार्यक्रम सर्वजनिक गरेको सरकारी चिकित्सक संघले मंगलबारे रक्त्तदान र मास्क वितरण गरेको छ ।

चिकित्सकहरुको मागलाई सम्बोधन नगरी कर्मचारी समायोजन विधेयक प्रतिनिधिसभाबाट पनि पारित भएको भन्दै देशभरका चिकित्सकहरुले विधेयक सच्याउन सरकारलाई दबाब दिँदै आन्दोलन सुरु गरेका छन् । रक्तदान कार्यक्रम ११ वजे बाट माइतीघर मण्डलामा सुरु भएको हो । अहिलेसम्म २२ जनाले रक्तदान गरिसकेको गोदानका अध्यक्ष दिपेन्द्र पाण्डेले बताए । उनका अनुसार रक्तदान कार्यक्रम ३ बजे सम्म सञ्चालन हुने छ । 

गोदानले घोषणा गरेका आन्दोलनका कार्यक्रममा सामूहिक राजीनामा संकलन र हस्तान्तरण, माइतीघर मण्डलामा रक्तदान, सामूहिक बिदामा बस्ने तथा आकस्मिकबाहेक सम्पूर्ण सेवा बहिष्कार गरी अवज्ञामा उत्रिने कार्यक्रम रहेको छ । 

गोदनका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले  भने ‘सरकारले चिकित्सकसितको सम्झौता कार्यान्वयन गर्नुको साटो उल्टै दबाउन खोजेकाले नै थप आन्दोलन गर्नुपरेको हो ।’ 

सरकारले गत पुस ३० मा भएको सम्झौताविपरीत समायोजन प्रक्रिया अगाडि बढाएकाले सशक्त रुपमा आन्दोलनमा उत्रिनुपर्ने अवस्था सिर्जना भएको उनले दाबी गरे । 
 

Last modified on 2019-02-20 12:00:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts