गोदानको मागप्रति सरकार गम्भीर, तर, आन्दोलनबारे कुनै जानकारी छैन



Download our app to get more features

काठमाडौं, ८ फागुन । सरकारले आन्दोलनरत सरकारी चिकित्सक संघ (गोदान) को माग सम्बोधनका लागि प्रयासरत रहेको बताएको छ । 

देशभरका सरकारी चिकित्सक आन्दोलित भएपछि उनीहरुको माग सम्बोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय निरन्तर प्रयास गरिरहेको मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए ।

सरकारले नै सरकारी चिकित्सक संघसँग सम्झौता गरेको हुनाले मन्त्रालय त्यसप्रति गम्भीर भएर लागि रहेको उनको भनाई छ ।

हाम्रो डाक्टरसँगको कुराकानीमा श्रेष्ठले भने, ‘संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयलाई पुष २९ गते नै यस विषयमा पत्र पठाएको तर, उताबाट कुनै पहल नहुँदा समस्या भएको छ ।’

श्रेष्ठले थपे, ‘ऐन संशोधनकोे कुरा भएकाले केहि समय लाग्ने छ । तर, सरकारी चिकित्सकले आन्दोलन गरेर समस्या समाधान हुँदैन । त्यसकारण संघले केहि समय कुर्नु पर्ने थियो ।’

श्रेष्ठले मन्त्रालयलाई संघको आन्दोलनबारे कुनै जानकारी नभएको समेत बताए । उनले भने 'गोदानको आन्दोलनको कार्यक्रमबारे मन्त्रालयमा कुनै आधिकारीक जानकारी वा पत्र प्राप्त भएको छैन ।'

संघले देशभरका सरकारी चिकित्सकलाई केन्द्र मातहतमा राखि खटनपटन गर्नुपर्ने माग राखि आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । संघको कार्यक्रम अन्र्तगत आज देशैभरका १४ सय चिकित्सकहरु सामूहिक विदामा बस्दैछ भने भोली सामूहिक राजीनामाका लागि हस्ताक्षर संकलन जारी राख्ने र पर्सी शुक्रबार आकस्मिक बाहेकका सेवा बहिस्कार गर्ने छ ।

Last modified on 2019-02-21 07:34:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts