एम्बुलेन्सको मापदण्ड चेकजाँचको तयारीपछि चितवनका एम्बुलेन्स चालक आन्दोलनमा



Download our app to get more features

चितवन, ८ फागुन । चितवनका एम्बुलेन्स चालक सेवा रोकेर आन्दोलनमा उत्रिएपछि सेवा नै अवरुद्ध भएको छ । 

एम्बुलेन्सले पालना गर्नु पर्ने मापदण्ड चेकजाँचको तयारी गर्दा चालकहरुले विरोध जनाएका हुन् । जिल्ला स्वास्थ्य कार्यालय चितवनले एम्बुलेन्समा अनुगमन गर्न लागेपछि चालकहरु आन्दोलनमा उत्रिएका हुन् । 

संयुक्त एम्वुलेन्स चालक संघ ट्रेड युनियन चितवनले जिल्लामा एम्बुलेन्स नचलाई भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज, जिल्ला प्रहरी कार्यालय चितवन वरीपरि राखेर आन्दोलन गरेका छन् । जिल्ला प्रहरी कार्यालयले संयुक्त एम्बुलेन्स चालक संघ ट्रेड युनियनका केन्द्रीय अध्यक्ष नवराज लामिछानेलाई पक्राउ गरेपछि चालकहरु आन्दोलित भएका हुन् । 

लामिछानेलाई नछोडेसम्म र अनुगमन गर्दा पत्रचार नगरे सम्म एम्बुलेन्स नचलाउने अध्यक्ष घलेको भनाई छ । उनका अनुसार संयुक्त एम्वुलेन्स चालक संघ ट्रेड युनियनको केन्द्रले पनि आन्दोलन गर्ने तयारी गरेको छ । जिल्ला जनस्वास्थ्य अधिकृत शोभाखर अधिकारीले एम्बुलेन्सले पालना गर्नु पर्ने मापदण्ड चेकजाँचको तयारी गर्दा चालकहरुले विरोध जनाएको बताए । 

संयुक्त एम्वुलेन्स चालक संघ ट्रेड युनियन चितवन जिल्लामा आवद्ध एम्बुलेन्स ९० वटा रहेका छन् । अनुगमन टोलीलाई नै अवरोध गरेर चालकहरुले अनुगमन गर्न नदिएपछि जिल्ला प्रशासन कार्यलयले भने एम्बुलेन्स चेकजाँमा अवरोध गर्ने चालक र एम्बुलेन्सलाई कडाई कारबाही गर्ने बताएको छ । 

अनुगमन टोलीमा जिल्ला रेडक्रस, प्रहरी, स्वास्थ्य कार्यालयका प्रतिनिधिहरु सहभागीता रहेको थियो । मेडिकल सिटिको रुपमा परिचित चितवनमा एम्बुलेन्स चालकले सामान्य मापदण्ड पनि पालन गरेको पाईदैन । बिरामी भन्दा अन्य व्यक्ति बोकेको भन्ने गुनासो आएपछि अनुगमन थालिएको हो ।

Last modified on 2019-02-21 07:33:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts