गोदानको आन्दोलनमा एनएमएको समर्थन, यथाशिघ्र माग पुरा गर्न सरकारसँग आग्रह
काठमाडौं, १० फागुन । नेपाल चिकित्सक संघ (एनएमए) ले सरकारी चिकित्सकहरुका माग यथाशिघ्र पुरा गर्न सरकारसँग माग गरेको छ ।
चिकित्सकहरुलाई केन्द्र मातहतमा राखेर समायोजन सम्बन्धमा गरेको विवादास्पद निर्णयका विरुद्ध एनएमएले विज्ञप्ति मार्फत ध्यानाकर्षण गराएको छ ।
नेपाल सरकार मातहतका सम्पूर्ण चिकित्सकहरुले घोषणा गरेको आन्दोलनमा नेपाल चिकित्सक संघ ऐक्यवद्धता जाहेर गर्दै नेपाल सरकारले सरकारी चिकित्सकका मागहरु अविलम्ब सम्बोधन गर्न माग गरिएको छ ।
एनएमएका महासचिव डा.लोचन कार्कीदारा हस्ताक्षरित विज्ञप्तिमा स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा कार्यारत चिकित्सकहरुलाई राज्यले मानमर्दन गर्ने, वेवास्था गर्ने कार्य दुर्भाग्य पूर्ण रहेको ठहर गरेको छ । चिकित्सा सेवा जस्तो सेवामुखी पेसा प्रति आकर्षण घटाउनुका साथै हाल कार्यरत चिकित्सकहरुमा मनोबल घटाउने भएकाले समस्याको यथासिघ्र सम्बोधन गर्न नेपाल चिकित्सक संघले सरकार समक्ष अपील समेत गरेको छ ।
सरकारी चिकित्सकहरुले उठाएका बिरोधका कार्यक्रमहरुमा चिकित्सक संघले एक्येबद्धता समेत जनाएको छ ।
