वीर अस्पतालदेखि मण्डलासम्म गोदानको र्यालीः सरकारले हेपेको आरोप  (फोटोफिचर)



Download our app to get more features

काठमाडौं, १० फागुन । सरकारी चिकित्सक संघ (गोदान) ले वीरअस्पतालदेखि माइतिघर मण्डलासम्म र्याली गरेको छ ।

शुक्रबार मध्याह्न १२ बजे गरिएको र्यालीमा करिब ६० जना चिकित्सकहरुको उपस्थिती रहेको थियो ।  

‘पेलेर ठेलेर नपठाउ हाम्रो वृति विकालाई नदबाऊ’, चिकित्सकलाई गाउँगाउँ पठाऊ तर, केन्द्र  सरकार मातहतमा चलाऊ लगायतका नारासहितको प्लेकार्ड बोकेर र्याली गरिएको थियो ।

आकास्मीक बाहेकका सेवा बहिष्कार गरी आन्दोलनमा उत्रीएका चिकित्सक सरकारले सम्झौताबमोजिमको माग पूरा नगरेका भन्दै आक्रोशित भएका छन् ।

सरकारको विरोध गर्ने मनशाय नभएको बताउँदै गोदानले आफूहरुको माग पूरा गरेर सरकारले आ–आफ्नो काममा फर्काउने वातावारण सृजना गर्नुपर्ने दाबी गरेको छ । 

यसअघि गोदानले सामूहिक राजीनामाका लागि हस्ताक्षर संकलन, चिकित्सकको सामूहिक विदा, माइतीघर मण्डलामा रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो । 

चिकित्सकहरुको मागलाई सम्बोधन नगरी कर्मचारी समायोजन विधेयक प्रतिनिधिसभाबाट पनि पारित भएको भन्दै चिकित्सकहरु आन्दोलनमा उत्रिन बाध्य भएको गोदानका अध्यक्ष दिपेन्द्र पाण्डेले बताए ।

सरकारी चिकित्सकको समायोजन प्रक्रिया नै गैरकानुनी रहेको भन्दै गोदानले सरकारले चिकित्कहरुलाई हेपेको आरोप लगाएको छ ।

यससँगै आन्दोलनमा उत्रिएका गोदानका चिकित्सकहरुले वीर अस्पतालको टिकट काउन्टरमा ताला समेत लगाएका थिए ।  

विहान ११ बजेसम्म करिब ३०० बिरामीको टिकट काटिसकेपछि गोदानका चिकित्सकहरुले काउन्टरमा जबर्जस्ती तालाबन्दी गरेका हुन् । अहिले भने टिकट काउन्टर खुलिसकेको अध्यक्ष पाण्डेले जानकारी दिए ।

गोदानले पटकपटक स्वास्थ्य तथा जनसंख्यामन्त्री तथा प्रधानमन्त्रीलाई भेट गरी आफूसित भएको सम्झौता अनुसार नै कर्मचारी समायोजन गर्न माग गर्दै आएको छ ।

स्वास्थ्य मन्त्रालयले गत पुस ३० गते चिकित्सकहरुसँग गरेको सम्झौतामा सबै चिकित्सकलाई केन्द्रअन्तर्गत राख्ने र मन्त्रालयले आवश्यकताअनुसार विभिन्न ठाउँमा खटाउने उल्लेख छ ।

तर, सम्झौता कार्यान्वयन नभएको भन्दै सरकारी चिकित्सकहरु पुनः आन्दोलित भएका हुन् ।

Last modified on 2019-02-23 07:26:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts