राष्ट्रिय चिकित्सा शिक्षा विधेयक राष्ट्रपतिद्वारा प्रमाणिकरण



Download our app to get more features

काठमाडौँ, १० फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले चिकित्सा शिक्षा विधेयक प्रमाणीकरण गरेकी छन् । राष्ट्रपतिबाट शुक्रबार राष्ट्रिय चिकित्सा शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०७५, प्रमाणीकरण भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपतिले सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित तीन वटा विधेयक प्रमाणीकरण गरेकी हुन् ।  

नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेकी हुन् । 

राष्ट्रपतिबाट आज राष्ट्रिय चिकित्सा शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५, सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक, २०७५ र कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ प्रमाणीकरण भएका राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

 

Last modified on 2019-02-23 08:46:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts