हात्तिपाइले नियन्त्रणका लागि एकै चरणमा १५ जिल्लामा औषधि वितरण अभियान हुँदै



Download our app to get more features

काठमाडौं, १० फागुन । सरकारले हात्तीपाइले रोगको जोखिममा रहेका १५ जिल्लामा एकै चरणमा हात्तिपाइले औषधी खुवाउने भएको छ । 

१५ जिल्लाका ७८ लाख भन्दा बढी मानिसलाई हात्तीपाइले विरुद्धको औषधि खुवाउने भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आउँदो  फागुन १५ देखि पाचँथर, इलाम, झापा, मोरङ, बारा, लमजुङ, पर्वत, बागलुङ, कपिलबस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर गरी १५ जिल्लाका ७८ लाख ४९ हजारलाई औषधि खुवाउने लक्ष्य लिएको छ

औषधि वितरण कार्यक्रमका लागि ६ हजार २ सय ५ जना स्वास्थ्यकर्मी  परिचालन हुने मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दियो ।

 सरकारले यस वर्षको कार्यक्रमलाई २० करोड ६० लाख ७० हजार रकम विनियोजन गरेको महाशाखाका निर्देशक डा विवेक कुमार लालले बताए। 

आम औषधि सेवन, बिरामी खोजपड्ताल र हाईड्रोशिल सर्जरीको लागि रकम छुट्याईएको निर्देशक लालले स्पष्ट पारे । 

सरकारले सन् २००३ देखि हात्तिपाइले रोग विरुद्धको औषधि वितरण थालेको हो । सरकारले यो रोग सन् २०२० सम्ममा एक प्रतिशतमा झार्ने लक्ष्य लिएको छ।

Last modified on 2019-02-25 12:21:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts