डक्टरको विवाह खर्च क्यान्सर पीडित बालबालिकालाई, कुशको औठीं लगाएर स्वयम्बर



Download our app to get more features

काठमाडौं, ११ फागुन । कान्ति बाल अस्पतालमा बाल रोग विशेषज्ञ (एमडी) अध्ययनरत डा. श्रीधर खनालले आफ्नो विवाह खर्च क्यान्सर पीडित बालबालिकाहरुको उपचारार्थ अस्तित्व फाउण्डेसनलाई हस्तानतरण गरेका छन् ।

नेपाली संस्कृति र परम्परा खर्चिलो र भड्किलो हुँदै गएको सन्दर्भमा पाल्पा स्थित कुसुमखोला निवासी डा. खनालले आफ्नो विवाहमा लाग्ने अनुमानित खर्च ४ लाख फाउन्डेशनलाई हस्तान्तरण गरेका हुन् । 

विवाह समारोहमा कुनै तामझाम देखिएन, दुलाहा र दुलहीको गलामा खर्चिलो गहना देखिएन र होटल वा पार्टी प्यालेसमा लाखौं रुपैयाँ खर्च गरेर पार्टी पनि गरिएन । दुलाहा डाक्टर खनाल भन्छन् – ‘स्वयम्बर गर्दा दुलहीलाई कुशको औंठी लगाइदिएँ ।’ बुटवल निवासी दुलही कमला ज्ञवाली व्याचलर इन पब्लिक हेल्थ अध्ययनरत छिन् । उनीले पनि क्यान्सर पीडित बालबालिकाहरुको मर्म र पीडा बुझेका कारणले यो निर्णय लिन सहज भयो । 

डाक्टर खनाल भन्छन् –‘दुलही पक्षबाट जन्तीलाई सादा टीका मात्र लगाइदिए, ढोगभेटमा कुनै सामान आदानप्रदान गरिएन ।’ यस्तो विहेमा सामेल हुन पाएकोमा घर र माइती दुबै पक्ष खुशी छन् ।

फाउन्डेशनले क्यान्सर पीडित बालबालिकाको उपचार र शिक्षा तथा लालनपालनमा रकम खर्च गर्दै आएको थाहा पाएपछि विहेमा दुलाहा (भेनाजु) को जुत्ता लुकाएर उठाएको २ हजार रकम पनि सालीहरुले सोही कोषलाई सहयोग स्वरुप हस्तान्तरण गरेका छन् । 

Last modified on 2019-02-23 16:34:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts