विदेशमा गई उपचार गर्ने बिरामीहरुले औषधी उपचार सहयता खर्च नपाउने 



Download our app to get more features

काठमाडौं, ११ फागुन । विदेशमा गई उपचार गर्ने बिरामीहरुलाई औषधि उपचार सहयता खर्च उपलब्ध नहुने भएको छ ।

सरकारले २०७५ असोज २ गते पश्चात विदेशमा उपचार गराएको खर्च विपन्न नागरिक औषधी उपचार कोष बाट उपलब्ध गराउन नसकिने जनाएको छ । 

नेपाल सरकारले २०७५ असोज २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी जनस्वास्थ्य सेवा ऐन, २०७५ जारी गरेको छ ।

उक्त ऐनको दफा ३० मा कुनै पनि व्यक्तिलाई विदेशमा उपचार गर्नुपर्ने भएमा सो को लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन भनी उल्लेख गरिएको छ । 

सरकारले विपन्न नागरिक औषधी उपचार कोष अन्तर्गत जटिल आठ रोगका विरामीलाई सहायता उपचार खर्च उपलब्ध गराउदै आएको छ ।

सरकारले मुटुरोग, मृगौला रोग, क्यान्सर, पार्किन्सस, अल्जाईमर्स, स्पाईनल ईन्जुरी, हेड ईन्जुरी र सिकलसेल एनिमियाका बिरामीलाई एक लाख सहायता खर्च दिदै आएको छ । 

यी आठ प्रकारका बिरामीले नेपालमा उपचार सेवा सम्भव भएको अवस्थामा नेपालमा नै उपचार गराउनु पर्नेछ र यसो गर्दा सम्भव भएसम्म सरकारी अस्पतालमा उपचार गर्नु पर्नेछ ।

यदि सो सम्भव नभएमा मात्र सरकारी अस्पतालले प्रेषण गरेको तथा मेडिकल वोर्डको सिफारिसमा निजी अस्पतालमा उपचार गराउन सक्नेछ ।

विदेशमा गई उपचार गराउनपर्ने अवस्था भए स्वदेशमा उपचार गर्ने सरह आवश्यक कागजातका साथै नेपाल मेडिकल वोर्डको सिफारिस अनिवार्य हुनेछ । 

विदेशबाट उपचार गराएमा अस्पतालहरुको विल अनुसार मृगौला प्रत्यारोपण भएमा रु. २  (दुई) लाख र तोकिएका अन्य रोगको उपचारको हकमा रु १ (एक) लाखमा नबढ्ने गरी समितिको निर्णय वमोजिम सोधभर्ना दिनसक्ने व्यवस्था गरेको थियो । 
 

Last modified on 2019-02-24 06:58:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts