नख्खु बम विस्फोटका घाइते उरुषा र प्रतिक्षाको उपचार खर्च सरकारले व्यहोर्ने
काठमाडौं, १२ फागुन । नख्खु बम विस्फोटमा परी घाइते भएकाहरूको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।
शनिबार मेडिसिटी अस्पतालमा घाइतेको अवस्था बुझ्न आइजिपी सर्वेन्द्र खनालसँगै पुगेका गृहमन्त्री रामबहादुर थापाले बम विस्फोटमा परि घाइते भएकाहरुको उपचार खर्च सरकारले व्यहोर्ने बताए ।
उनले घटनाबारे सरकारले छानबिन गर्ने र सत्यतथ्य पत्ता लगाई दोषीमाथि कडा कारबाही गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
घाइते भएका ललितपुर ४ बागडोल बस्ने २६ वर्षकी प्रतिक्षा खड्का र काभ्रे बनेपा घर भई मेडिसिटी अस्पतालमा स्टाफ नर्सको रूपमा कार्यरत २५ वर्षीया उरुशा मानन्धरको उपचार भइरहेको छ ।
ललितपुरको नख्खुस्थित एनसेल मुख्यालय गेट अगाडि शुक्रबार साँझ भएको बम विस्फोटमा परी तीन जना घाइते भएकोमा लम्जुङका ४९ वर्षीक सिंहप्रसाद गुरुङको मृत्यु भएको छ ।
