मोबाइलको अत्याधिक प्रयोगले २० वर्षभित्र प्रत्येक घरमा एक ‘पागल’



Download our app to get more features

काठमाडौं १२ फागुन । अहिले अधिकांशले अत्याधिक मात्रामा मोबाइलको प्रयोग गर्दछन् । मानिसलाई स्मार्ट फोनको जमानाले झनै सहज बनाइदिएको छ । 

तर, हिजोआज मोवाइल र इन्टरनेटको प्रयोग सूचना आदानप्रदानसँगै लतका रुपमा बढी प्रयोग भएको पाइन्छ । 

सामाजिक सञ्जाल तथा गेमहरुको धुनमा खाना खान समेत बिर्सने अवस्था बन्दै गएको छैन ।  यसले महत्वपूर्ण समय समेत बर्बाद गरिरहेको छ । 

आफ्नै घरपरिवार, आफन्त, साथीभाई भन्दा बढी मोबाइललाई प्राथमिकता दिने प्रवृत्ति हावि भएको छ । तर, यस्तो गर्नु मानव स्वास्थ्यका लागि एकदमै खतरापूर्ण रहेको विज्ञहरुले दाबी गरेका छन् ।

विश्व स्वास्थ्य संगठन  (डब्ल्यूएचओ)का अनुसार मोवाईल फोनको अत्यधिक प्रयोगले दीर्घकालिन असर समेत पर्छ । 

जसरी  मोबाईलप्रतिको लगाब बढ्दोक्रममा गइरहेको छ, यसले अबको २ दशकमा हरेक घरमा एक जना पागल हुने डब्ल्यूएचओले दाबी गरेको छ ।

सोहीकारण मोबाईल फोनको प्रयोग बढी नगर्न डब्ल्यूएचओले चेतावनी समेत  दिएको छ ।

 मोबाईलको अत्याधिक प्रयोगले बच्चाहरुमा झनै गम्भीर असर पर्ने डब्ल्यूएचओले बताएको छ ।

 डब्ल्यूएचओका अनुसार बच्चाबाहेक अन्य उमेर समूहका व्यक्तिलाई पनि मोबाइलको बढी प्रयोगले दीर्घकालिन असर पर्दछ ।

डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोमकाले  मोवाईल फोनको अत्याधिक प्रयोगले बच्चाहरुको स्वाथ्यमा झन् जटिल समस्या आउने बताएका छन् । 

मोवाईल फोनबाट उत्पन्न हुने रेडियो विकिरणले मानिसहरुको आँखा, मुटु, कलेजो तथा फोक्सो र दिमागमा बढी असर गर्ने डा।अधानोमले जानकारी दिए ।

Last modified on 2019-02-24 16:09:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts