किन हामी दु:स्वप्न देख्छौँ र त्यसबेला किन ऐँठन हुन्छ ?



Download our app to get more features

हामीमध्ये धेरैलाई नराम्रो सपना देखेको र ब्युँझिदा अप्ठेरो भएको अनुभव भएको छ ।

त्यस्तो अनुभवलाई मनोवैज्ञानिकहरू कसरी हेर्छन ?

दाँत किट्दै, मुटु ढुकढुक हुँदै गरेको अवस्थामा कहिल्यै ब्युँझिनु भएको छ ?

सपनामा ऐठन भएर यसरी छटपटिने तपाई एक जना मात्र हैन् । ९० प्रतिशत मानिसलाई कुनै न कुनै बेला यस्तो हुन्छ । तर किन दु:स्वप्नहरु डरलाग्दा हुन्छन् र तिनको अर्थ के हो ? केही मनोवैज्ञानिकहरु नराम्रो सपनाले हामीलाई राम्रो गर्ने धारणा राख्छन् । सपनाले गहिरा अनुभवहरु प्रशोधन गर्न मस्तिष्कलाई सघाउने मान्यता पनि छ । 

हामीले भावावेगमा हुँदा मस्तिष्कले अनुभूति सुहाउँदो परिस्थिति बनाइदिन्छ । कामको चटारो छ भने तपाईं सुनामीमा फसेको सपना देख्न सक्नुहुन्छ । दु:स्वप्नले वास्तविक जीवनमा हुने अप्रिय घटनाहरु खेप्न सघाउन सक्ने विज्ञहरु बताउँछन् । दिउँसो घटना हँदा हामी भावनात्मक प्रतिक्रिया दिन्छौं, तर ती सधैं प्रभावकारी हुदैनन् । कहिलेकाहि हामी कुनै कुरासँग त्यत्तिकै डराएका हुन सक्छौं । 

त्यस्ता अर्थहीन कुरालाई डर लाग्ने र डर नलाग्ने कुरासँग मिसाएर सपनाले तिनको प्रभाव घटाउन सघाउँछ । त्यसैले नराम्रो सपना देखिए पनि तिनले हामीलाई राम्रो गरिरहेका हुन सक्छन् । 


स्रोत: अमेरिकन स्लीप असोसिएशन


 

Last modified on 2019-02-25 09:16:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts