कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राना
सुर्खेत, १३ फागुन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीनमा प्रा.डा. रेशमबहादुर राना नियुक्त भएका छन् ।
प्रतिष्ठान ऐन, २०६८ अनुसार प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजेन्द्रराज वाग्लेले हालै प्रा.डा. रानालाई डीन पदमा नियुक्ति गरेको प्रतिष्ठानले जनाएको छ ।
स्वास्थ्य सहायक पदबाट स्वास्थ्य सेवा सुरु गरेका रानाले चिकित्सा शिक्षा अन्तर्गत स्नातक, स्नाकोत्तर तथा विद्यावारिधि पूरा गरेका छन् ।
विभिन्न जिल्लामा स्वास्थ्य सेवा प्रदान गरेका प्रा.डा. रानाले वीर अस्पताल सेवा तथा चिकित्सा शिक्षा अध्ययन प्रतिष्ठान (न्याम्स)मा अध्यापन गराउँदै आएका थिए ।
यस्तै, प्रतिष्ठानले डा सुनिल बुढाथोकी र डा कमल शर्मालाई बालरोग विभागमा नियुक्त गरेको छ । एमडिजिपी कार्यक्रमका लागि डा. भोलाराम श्रेष्ठलाई नियुक्त गर्ने तयारी गरेको छ ।
