सरकार र गोदानबीचको बार्ता निश्कर्षविहिन
काठमाडौं,१३ फागुन । सरकारी चिकित्सक संघ (गोदान) र सरकारबीचको सोमबारको बार्ता असफल भएको छ । आन्दोलनरत सरकारी चिकित्सकहरुको माग सम्बोधन गर्न सोमवार भएको बार्ता विना निश्कर्ष टुंगिएको हो ।
स्वास्थ्य राज्यमन्त्री, स्वास्थ्य मन्त्रालयका सचिव, समन्व्य महाशाखा प्रमुख, गोदान र एनएमएका प्रतिनिधि बार्तामा सहभागि थिए ।सरकारी चिकित्सकहरु सरकारले सम्झैता विपरित काम गरेको भन्दै आन्दोलनमा उत्रेका छन् । सरकार र गोदान बिच ३० पुसमा भएको सहमति कार्यन्वयन गर्न गोदानले माग गरेको छ।
कर्मचारी समायोजन विधेयकमा असन्तुष्टि जनाउँदै संघर्षमा उत्रेको संघले माग पूरा गर्न दवाव दिँदै सरकारलाई माग सम्बोधनका लागि शनिवार ७२ घण्टाको समयसीमा दिएको थियो ।
सरकारी चिकित्सकहरुले समायोजन ऐनलाई मिचेर सहसचिव स्तरका ११ औं तहका चिकित्सकलाई प्रदेशमा गैरकानुनी समायोजन गरिएको, ८ औं देखि १० औं तहका चिकित्सकलाई गाउँ र प्रदेशमै सीमित बनाउन खोजिएको लगायतका असन्तुष्टि सहित विरोध गरिरहेका छन् ।
