ठेउलाले फोक्सो र मश्तिष्कमा बढि असर गर्ने, यसरी बच्न सकिन्छ



Download our app to get more features

काठमाडौं । जाडोको समय सकिएर अब विस्तारै दिनहुँ गर्मी सुरु हुँदैछ । यससँगै विभिन्न संक्रमणजन्य रोगहरुको खतरा पनि बढ्ने गर्दछ । खासगरी बालबालिकालाई गर्मीमा दादुरा र ठेउलाको संक्रमण बढी देखिने गरेको छ । विगतमा गर्मीयाम सुरु भएसँगै ठेउलाको प्रकोप फैलने गरेको थियो । ठेउलाले खासगरी साना बच्चालाई बढि दुःख दिन्छ ।

ठेउला जुनसुकै उमेरका मानिसलाई पनि देखिन सक्ने वीर अस्पतालका डा.भास्कर मोहन कायस्थ बताउँछन् । ठेउलाले वयस्क, वृद्धवृद्धा कसैलाई पनि छाड्दैन । ठेउला वेरीसेला जोस्टर नामको भाइरसको संक्रमणले हुन्छ । डा. कायस्थका अनुसार यो गर्मीयाममा बढि सक्रिय हुने गर्दछ । चिकित्सक कायस्थका अनुसार एकवर्ष भन्दा कम उमेर समुहका बच्चालाई बढि खतरा हुन्छ र यसबाट ज्यान पनि जान सक्छ । रोगप्रतिरोधात्मक क्षमता कम हुदाँ यो रोग लाग्ने गर्छ ।

एक वर्ष भन्दा कम उमेरका बच्चाको रोग प्रति रोधात्मक क्षमता कम हुने गर्दा यस रोगले फोक्सो र मश्तिष्कमा असर गर्ने डा. कायस्थ बताउँछन्।

कसरी थाहा पाउने ?

ज्वरो आउने, खानामा अरुची हुने, घाँटी सुख्खा हुने, खोकी लाग्ने र कमजोरी महशुस हुने , टाउको तथा जीउ दुख्ने लक्षण ठेउलाको संकेत हो । लक्षण देखिएपछि छाला र अनुहार खस्रो हुन्छ । अनि विस्तारै पानीको फोका जस्तै बन्छ ।

कसरी बच्ने ?

ठेउला लागेको व्यक्ति घामबाट पनि बच्नुपर्छ । यो रोगका संक्रमित व्यक्तिले खोक्दा निस्केको पानी या हावाको माध्यमबाट सर्छ । रोग लागेपछि तीव्र रुपमा सर्ने भएकाले संक्रमितबाट टाढा रहनु र संक्रमित आफैंले अरुलाई जोगाउनु बच्ने उपाय हुन् । ठेउलाको संभावित खतराबाट बालबालिका, गर्भवती, बृद्धबृद्धा बढी सर्तक रहनुपर्छ । 

कमजोर प्रतिरक्षा प्रणाली भएको व्यक्तिहरुमा यो छिटो फैलिन्छ । रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरुमा यसको संक्रमण दोहोरिन पनि सक्छ ।

Last modified on 2019-02-26 07:07:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts