गण्डकी मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थीमाथि प्रहरी धरपकड, एक विद्यार्थी घाइते



Download our app to get more features

काठमाडौं, १३ फागुन । पोखरास्थित गण्डकी मेडिकल कलेजामा २६ दिन देखि जारी विद्यार्थीहरुको आन्दोलनमा प्रहरीले धरपकड गर्दा एक विद्यार्थी घाइते भएका छन ।

भर्ना प्रक्रियामा नियमभन्दा बढी शुल्क लिन नपाइने र लिएको शुल्क फिर्ता हुनपर्ने माग राख्दै आन्दोलनरत विद्यार्थीले अस्पताल ओपीडीमा ताला लगाएका थिए । विद्यार्थीले लगाएको ताला प्रहरी प्रशासनले तोडेपछी आक्रोसित विद्यार्थीले पुन: ताला लगाएका छन्। सो क्रममा प्रहरीद्वारा बल प्रयोग गरिएको र एक जना घाइते भएको आन्दोलनरत विद्यार्थीले बताए । ‌

लामो समयदेखिको आन्दोलनको कारण तेस्रो वर्षको परीक्षा समेत नदिएका विद्याथीहरुको पढाइ अवरुद्ध भएको छ भने अस्पताल पनि अस्तव्यत भएको छ । कलेज प्रसासन र विद्याथीबीच भएको विभिन्न चरणका वार्ता विना निश्कर्ष टुङ्गिएको छ । कलेज प्रशासन तोकिएभन्दा बढी लिइएको शुल्क फिर्ता नगर्ने अडानमा छ भने विद्याथीले नियमसङ्गत भन्दा बढी शुल्क लिन नपाइने बटमलाइनमा अडिग छन् ।

Last modified on 2019-02-26 08:35:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts