घोषणा गरेका आन्दोलन सफल बनाउन सरकारी चिकित्सकलाई नेपाल चिकित्सक संघको आग्रह



Download our app to get more features

काठमाडौं, १४ फागुन । सरकारी चिकित्सक संघ (गोदान)ले सर्वजनिक गरेको आन्दोलनका कार्यक्रमलाई सफल बनाउन नेपाल चिकित्सक संघले आग्रह गरेको छ ।

संघले प्रेस विज्ञप्ति जारी गर्दै गोदानको आन्दोलनमा ऐकयवद्धता पनि जनाएको छ । गोदान र सरकारबीच सोमबार भएको वार्ता निश्कर्षविहीन भएपछि संघले विज्ञप्ति जारी गरी आन्दोलन सफल बनाउन गोदानलाई आग्रह गरेको हो । एनएमएले सरकारलाई पटक पटक समायोजन प्रक्रियाप्रति ध्यानाकर्षण गराउँदा समेत कुनै चासो नदेखाएको भन्दै आपत्ति पनि जनाएको छ ।

सरकारी चिकित्सकले समायोजन ऐनलाई मिचेर सहसचिव स्तरका ११ औं तहका चिकित्सकलाई प्रदेशमा गैरकानुनी समायोजन गरिएको, ८ औं देखि १० औं तहका चिकित्सकलाई गाउँ र प्रदेशमै सीमित बनाउन खोजिएको लगायतका असन्तुष्टि सहित विरोध र आन्दोलनका कार्यक्रम गरिरहेका छन् ।

Last modified on 2019-02-26 15:06:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts