स्वास्थ्य बीमा सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत



Download our app to get more features

काठमाडौं १४ फागुन । प्रतिनिधिसभाको मंगलबार  बसेको बैठकमा स्वास्थ्य बीमासम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत भएको छ । सो प्रस्तावको प्रस्तावकमा खगराज अधिकारी र समर्थकमा अञ्जना विसंखे र मनकुमारी जिसी छन्। 

प्रस्तावमा “स्वास्थ्य बीमा ऐनअन्तर्गतका कार्यक्रमलाई देशव्यापीरूपमा लागू गर्दै गुणस्तरीय औषधि, उपकरण र जनशक्तिको प्रबन्ध गरी सातवटै प्रदेशमा पूर्ण क्षमताका अस्पतालको आकस्मिक, सघन उपचार कक्षलगायतको प्रबन्ध गरी सम्पूर्ण नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि कानून, नियम र निर्देशिका बनाई लागू गर्न आवश्यक भएको ।” भनिएको छ । 

 प्रस्तावक अधिकारीले प्रस्ताव पेश गर्दै स्वास्थ्य क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न र संविधानप्रदत्त अधिकारलाई कार्यान्वयन गर्न बीमा कार्यक्रम सातवटै प्रदेशमा लागू गर्न माग गरेका छन् । उनले आफू स्वास्थ्यमन्त्री रहँदा बीमा कार्यक्रम कार्यान्वयनमा आएको जानकारी दिए। समर्थकद्वय विसंखे र जिसीले सङ्घीय व्यवस्थालाई कार्यान्वयन गर्न बीमा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न माग गरीन् । 


 

Last modified on 2019-02-27 07:03:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts