देशैभरका अस्पतालमा सेवा ठप्प पार्दै गोदान



Download our app to get more features

काठमाडौं, १५ फागुन । सरकारी चिकित्सक संघ (गोदान) ले आजबाट देशैभरका अस्पतालमा सेवा ठप्प पार्ने भएको छ ।

सरकारलाई दिएको ७२ घन्टे अल्टिमेटम हिजो सकिएपछि आजबाट देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने भएको छ । 

सरकारले आफूहरुसँग गरेको सम्झौता पुरा नगरेको भन्दै गोदानका १४ सय चिकित्सकहरुले आजबाट देशभरका अस्पतालमा सेवा ठप्प पार्ने भएको छ । 

कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउदै देशभरका सरकारी चिकित्सकहरु आन्दोलनमा उत्रेका छन् । 

गोदानका अध्यक्ष डा दिपेन्द्र पाण्डेले आफ्ना माग पुरा नभए सबै सरकारी डाक्टरले सामुहिक राजिनामा दिने बतएका छन् । यसैबीच, आज सरकारले मनाउने स्वास्थ्य सेवा दिवस पनि गोदानले बहिस्कार गर्ने भएको छ ।संघले समायोजन ऐनमा भएको चिकित्सक स्थानीय तह वा प्रदेशबाट संघमा आउन नपाउने, कनिष्ठ प्रशासकको मातहत काम गर्नुपर्ने लगायत व्यवस्थाको विरोध गर्दै त्यसलाई सच्याउन माग गरिरहेको छ ।

Last modified on 2019-02-28 06:18:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts