गोदान आन्दोलनः लुम्बिनी अञ्चल अस्पतालका चिकित्सकद्वारा पनि काम बहिष्कार



Download our app to get more features

काठमाडौं, १५ फागुन । सरकारी चिकित्सक संघले आह्वान गरेको सरकारी अस्पताल बन्दको घोषणालाई लुम्बिनी अञ्चल अस्पतालका चिकित्सकहरुले पनि साथ दिएका छन् ।

संघको आह्वानमा आजदेखि सुरु भएको सरकारी अस्पतालको आकस्मिक बाहेकका सेवा ठप्प पार्ने संघर्षको कार्यक्रम लुम्बिनीका चिकित्सकले हस्ताक्षर संकलन सहित ऐक्यवद्धता जनाएका हुन् । लुम्बिनी अञ्चल अस्पतालका २० जना चिकित्सकले हस्ताक्षर सहित अस्पतालमा सेवा ठप्प गराएका हुन् । अञ्चल अस्पतालका चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि त्यहाँको सेवा अवरुद्ध भएको छ ।

 

सरकारी चिकित्सक संघले समायोजन ऐनको विरोधमा आन्दोलन सुरु गरेका हुन् । ऐनमा भएका व्यवस्थाले सरकारी चिकित्सकहरुको वृत्तिविकासमा बाधा पुग्ने निश्कर्ष निकाल्दै सुरु गरिएको संघर्षको कार्यक्रम अन्तर्गत संघले आजदेखि देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवामा बहिष्कार गरेको छ ।

देशभर करिब १ हजार ४ सय सरकारी चिकित्सक रहेका छन् । संघको आन्दोलनका कारण संघ, प्रदेश तथा तत्कालिन अञ्चल अस्पताल, जिल्ला अस्पताल लगायत सरकारी स्वास्थ्य संस्थाको सेवा प्रभावित भएको छ ।

Last modified on 2019-02-28 07:07:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts