सरकारी चिकित्सकलाई विरोधका कार्यक्रम स्थगन गर्न स्वास्थ्य मन्त्रालयको अपिल



Download our app to get more features

काठमाडौं, १५ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आन्दोलनका कार्यक्रम स्थगन गर्न सरकारी चिकित्सकहरुलाई अपिल गरेको छ ।

सरकारी स्तरबाट चिकित्सकहरुको माग प्रति सकारात्मक पहल हुदाँहुँदै पनि स्वास्थ्य सेवा नै ठप्प पारेकोमा मन्त्रालयले आपत्ति जनाएको छ । मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारी चिकित्सकलाई आन्दोलनका कार्यक्रम स्थगन नगरे त्यसबाट हुने प्रतिकुल असरको जवाफदेही चिकित्सकहरु नै हुनुपर्ने चेतावनी पनि दिएको छ ।

सरकारलाई दिएको ७२ घण्टे अल्टिमेटम सकिएकाले सरकारी चिकित्सकले बुधबारदेखि अनिश्चितकालसम्मका लागि सेवा बहिष्कार गरेका हुन । आन्दोलनरत चिकित्सकहरू सरकारले मनाउन लागेको राष्ट्रिय स्वास्थ्य सेवा दिवस पनि बहिस्कार गरेका छन् ।

सरकारी चिकित्सकहरुले समायोजन ऐनलाई मिचेर सहसचिव स्तरका ११ औं तहका चिकित्सकलाई प्रदेशमा गैरकानुनी समायोजन गरिएको, ८ औं देखि १० औं तहका चिकित्सकलाई गाउँ र प्रदेशमै सीमित बनाउन खोजिएको लगायतका असन्तुष्टि सहित विरोध गरिरहेका छन् ।

Last modified on 2019-02-28 09:09:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts