मन्त्री अधिकारीको निधन: मेडिकल काउन्सिलले मनाएन वार्षिकाेत्सव



Download our app to get more features

काठमाडौं, १६ फागुन । नेपाल मेडिकल काउन्सिलले बिहीबार परेको वार्षिकाेत्सव स्थगित गरेको छ ।

काउन्सिलले अत्यन्त जरुरी सुचना जारी गरी बिहीबारका लागि तय गरिएकाे कार्यक्रम अर्काे सुचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको जनाएको छ । नेपाल काउन्सिलको ५६ औं वार्षिक उत्सवको पूर्ण तयारी भइरहेकै समयमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यान मन्त्री रविन्द्र अधिकारी सहित सात जनाको हेलिकप्टर दुर्घटनामा परी निधन भएको खवर आएकोले काउन्सिलले यस्तो निर्णय गरेको जनाएको छ ।

काउन्सिलले शोकको यस घडीमा मन्त्री अधिकारी लगायत मृतक सम्पूर्णलाई श्रद्धान्जली र परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।

Last modified on 2019-03-01 07:43:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts