हेलिकोप्टर दुर्घटनामा परेका सातै जनाको शव पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा 



Download our app to get more features

काठमाडौं, १६ फागुन । ताप्लेजुङमा भएको  हेलिकोप्टर दुर्घटनामा निधन भएका सातै जनाको शव पोस्ट पार्टमका लागि शिक्षण अस्पताल पुर्याइएको छ । 

बुधबार भएको दुर्घटनामा परेमा मन्त्री अधिकारीसहित सातैजनाको शव सेनाको हेलिकप्टरले ताप्लेजुङको सुकेटार विमानस्थलबाट त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याएपछि त्रिवि अस्पताल ल्याइएको हो ।

 दुर्घटनामा परेकाहरुको शरीर जलेका कारण शनाखत गर्न समय लाग्ने सक्ने शिक्षण अस्पतालस्थित फरेन्सिक विभागका प्रमुख फरेन्सिक विशेषज्ञ प्राडा हरिहर वस्ती  बताए । पोष्टमार्टम गरी सकेर मात्र शव परिवारलाई बुझाउने  वस्तीले जानकारी दिए ।

Last modified on 2019-03-01 09:14:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts