नेपाललाई औषधिमा आत्मानिर्भर बनाउन निजि क्षेत्रसंग सहकार्य अनिवार्य : मन्त्री यादव



Download our app to get more features

चितवन , १७ फागुन । नेपाललाई औषधि उद्योग र उत्पादनमा आत्मानिर्भर बनाउन निजी क्षेत्रसंग सहकार्य गनुपर्ने उद्योग, बाणिज्य तथा आपुर्तिमन्त्री मातृका यादवले बताएका छन् । शुक्रबारदेखि चितवनमा सुरु भएको नेपाल फर्मा एण्ड हेल्थ एक्स्पो २०१९ को उद्घाटन गर्दै मन्त्री यादवले एकअर्कालाई आरोप प्रत्यारोप लगाएर बस्नु भन्दा निजी क्षेत्र, उपभोक्ता र उत्पादकहरु सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताएका हुन् ।

नेपालमा उत्पादन भइरहेको औषधि उत्पादनको प्रविधि र यसमा अपनाइने संवेदनशिलताको वारेमा जनमानसमा पुर्याउने र नेपालको औषधि उत्पादनलाई अन्तराष्टि्रय स्तरमा पुर्याउने उद्देशय रहेको कार्यक्रमका संयोजक एवं अाैषधि उत्पादक संघका वरिष्ठ उपाध्यक्ष नारायण बहादुर क्षेत्रीले जानकारी दिए ।

कार्यक्रममा नेपाल औषधी उत्पादक संघका अध्यक्ष दीपकप्रसाद दाहालले नेपाली उद्योगलाई परनिर्भर र बदनाम गराउन विभिन्न शक्ति लागेको आरोप लगाए । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नीति राम्रो भएपनि कार्यन्वयन हुन नसकेको बताए । नेपाल औषधि उत्पादनमा आत्मानिर्भर हुदै गएको प्रसस्त संकेत देखिएको औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले बताए । उनले नेपालले स्वदेशि औषधीलाई प्राथमिकतामा राखेको बताए । नेपालमा हाल ५१ औषधि उद्योग सञ्चालनमा रहेको र ३० वटा उद्योग संञ्चालनको प्रक्रियामा रहेको जानकारी पनि दिए । प्रर्दशनीमा दुई सयवटा स्टल रहेका छन ।

Last modified on 2019-03-02 09:00:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts