हिलसाईड एकेडेमिमा निशुल्क दन्त शिविर सम्पन्न, तीन सय लाभान्वित 



Download our app to get more features

काठमाडौं, १७ फागुन । हिलसाईड एकेडेमी जर्सिङपौवामा सञ्चालन भएको एक दिने निशुल्क दन्त शिविरबाट तीन सय जना लाभान्वित भएका छन् । 

नेचुरल बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा हिलसाइड एकेडेमिको सहआयोजनामा शिविर शुक्रबार सम्पन्न भएको हो । शिविरमा प्राविधिक सहयोग हिमाल डेण्टल हस्पिटल चावहिलको रहेको थियो ।

शिविरमा हिमाल डेण्टल अस्पतालका डा. होमनाथ भण्डारी, डा.अदिति न्यौपाने, डा.सविन पौडेल र कमला कार्कीको उपस्थिति रहेको थियो । शिविरमा विद्यालयका विद्यार्थि, शिक्षक, अभिभावक, कर्मचारी साथै स्थानियवासीको पनि उपस्थिति रहेको थियो । 

 

Last modified on 2019-03-05 11:46:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts