पूर्व अर्थमन्त्री अधिकारीको स्वास्थ्य जटिल बन्दै, भेन्टिलेटरमा राखियो



Download our app to get more features

काठमाडौं, १८ फागुन । पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था थप जटिल बनेको छ । 

लामो समयदेखि थलिएको अधिकारीको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । अचेत भएपछि अधिकारीलाई भेन्टिलेटरमा राखिएको अस्पताल स्रोतले जनाएको छ ।

धुम्बाराहीस्थित ह्याम्स अस्पतालको आइसियुमा राखेर उनको उपचार हुँदै आएको छ । श्वासप्रश्वास लगायत विभिन्न समस्या देखिएपछि अधिकारी माघको दोस्रो सातादेखि ह्याम्स अस्पतालमा उपचाररत छन् । 

८२ वर्षीय अधिकारीको मुटु र फोक्सोमा समस्या देखिएको छ । उनलाई वरिष्ठ छातीरोग विशेषज्ञ अर्जुन कार्कीको टिमले हेरिरहेको छ । डाक्टर रक्षा पाण्डे, डा. सविन कोइराला लगायतको टीम उनको उपचारमा संग्लग्न छ । 

छाती रोग र मुटुरोग विशेषज्ञहरुले उपचार गरिरहेको अस्पतालले जनाएको छ ।
 

Last modified on 2019-03-03 06:29:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts