पूर्व अर्थमन्त्री अधिकारीलाई बचाउन सक्ने सम्भावना न्यून छः ह्याम्स अस्पताल



Download our app to get more features

काठमाडौं, १८ फागुन । पूर्व अर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको स्वास्थ्यमा सुधार हुने सम्भावना न्यून रहेको चिकित्सकहरुले बताएका छन् । 

उनका उपचारमा संलग्न चिकित्सकहरुले पत्रकार सम्मेलन गर्दै अधिकारीको पिसाब बन्द भएको र शरीरका अन्य अंगहरुले पनि काम गर्न छाडेकाले बचाउन सक्ने सम्भावना न्यून भएको जनाएका छन् ।

लामो समयदेखि थलिएको अधिकारीको ह्याम्स अस्पतालमा विगत ३ सातादेखि उपचार भइरहेको छ । अचेत भएपछि अधिकारीलाई भेन्टिलेटरमा राखेर उपचार भइरहे पनि उनको स्वास्थ्यमा सुधार हुने सम्भावना भने नगन्य रहेको डाक्टरहरुले बताएका छन् । 

८२ वर्षीय अधिकारीको मुटु र फोक्सोमा समस्या देखिएको छ । उनलाई वरिष्ठ छातीरोग विशेषज्ञ अर्जुन कार्कीको टिमले हेरिरहेको छ । डाक्टर रक्षा पाण्डे, डा. सविन कोइराला लगायतको टीम उनको उपचारमा संग्लग्न छ । 

Last modified on 2019-03-03 06:29:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts