लामो समयदेखि उपचाररत पूर्व अर्थमन्त्री अधिकारीको निधन



Download our app to get more features

काठमाडौं, १९ फागुन । पूर्व उपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ । 

लामो उपचारका क्रममा उनको शनिबार राती ९ः३५ मा निधन भएको ह्याम्स अस्पताल स्रोतले जनाएको छ । धुम्बाराहिस्थित ह्याम्स अस्पतालमा विगत ३ सातादेखि उपचाररत अधिकारीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । 

करेन्ट निमोनिया कारण ८३ वर्षीय अधिकारीको मुटुमा समस्या, मिर्गौलामा समस्या भएको थियो । 

अधिकारीको शव अन्तिम श्रद्धाञ्जलीका लागि आज बिहान पार्टी कार्यालय धुम्बाराहीमा राखिने भएको छ । आज बिहान ९ देखि १२ बजेसम्म राखिने छ । अधिकारीका तीन छोरी छन ्।

Last modified on 2019-03-03 11:10:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts