कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै आएको गोदानद्वारा आन्दोलन स्थगित



Download our app to get more features

काठमाडौं, १९ फागुन । कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका सरकारी चिकित्सक संघ (गोदान) ले आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । 

शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीको अग्रसरतामा संघका प्रतिनिधिहरु सहित  भएको वार्तापछि गोदानले आन्दोलनका कार्यक्रम स्थगित गरेको हो ।

प्रधानमन्त्री ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहालसहितको वार्तामा प्रधानमन्त्रीले संघका माग पूरा गर्ने आश्वासन दिएपछि आन्दोलन स्थगन गरिएको गोदानद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

Last modified on 2019-03-04 07:15:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts