बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आफ्नै औषधालय



Download our app to get more features

चितवन, १९ फागुन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आउँदो चैत्र अन्तिम सातादेखि आफ्नै औषधालय सञ्चालनमा ल्याउने भएको छ । 

क्यान्सरका बिरामीलाई प्रयोग हुने औषधि महँगो हुने भएकाले अस्पतालको आफ्नै फार्मेसीपछि सञ्चालनमा आएपछि बिरामी लाभान्वित हुने जनाइएको छ । 

अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार चैत अन्तिम सातादेखि फार्मेसी सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । फार्मेसीमा काम गर्ने १० जना कर्मचारी नियुक्त भइसकेको बताउँदै उनले तीन ठाउँमा फार्मेसी सञ्चालन हुने जानकारी दिए। चौबिसै घण्टा फार्मेसी सञ्चालन गरिनेछ । 

सञ्चालक समितिले औषधि खरीदका लागि बोलपत्र स्वीकृत गरिसकेको छ । निर्देशक आचार्यका अनुसार अस्पतालको आफ्नै फार्मेसी भएपछि ६० प्रतिशतसम्म सस्तोमा औषधि बिरामीले पाउने छन् । अस्पतालमा हाल रहेको साझाको फार्मेसीले औषधि बिक्री गर्दै आएको छ । अस्पतालमा आउने बिरामीले भित्ररहेका फार्मेसीबाट एक वर्षमा २० करोड हाराहारीको केमो मात्र खरीद गर्ने गरेको उनको भनाइ छ । महँगो केमोबाट हाल बिरामी ठगिएको गुनासो आउने गरेका छन् । आफ्नै फार्मेसी भएसँगै यो समस्या हल हुने विश्वास अस्पतालले लिएको निर्देशक आचार्यले बताए। रासस

Last modified on 2019-03-04 07:15:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts