के गाँजा पिउनाले हुनसक्छ यी रोगको उपचार ?



Download our app to get more features

आज महाशिवरात्री पर्व । भगवान शिवको पूजा अराधना गरि मनाइँदैछ । भगवान शिवको मनपर्ने फलको रुपमा लिने गरिएको धतुरो र गाँजा शिवरात्रीको दिन पिउनेहरु पनि धेरै पाइन्छन् । तर, के गाँजा पिउनाले कुनै रोगको उपचार पनि हुन सक्छ ? हालै मात्र गरिएको एक अध्ययन अनुसार गाँजा पिउनाले रोगको उपचार पनि सम्भव रहेको जनाएको छ ।

गाँजामा पाईने एउटा सक्रिय यौगिकले मस्तिष्कमा हुने हानिकारक प्रोटिनलाई निष्कासन गर्ने एक अध्ययनले निष्कर्ष निकालेको छ । समाचार एजेन्सी सिन्ह्वाका अनुसार एक अनुसन्धानबाट पत्ता लागेको छ कि गाजाँले टेट्राहाइड्रोकेनाबिनल् (टीएचसी) र अन्य कोषहरुबाट हानिकारक एम्लाईड बीटा निष्कासन गर्न मद्दत गर्दछ । 

यो निष्कर्ष यस भन्दा अगाडी भएका अध्ययनहरुलाई समर्थन गर्दछ जुन अध्ययनमा भनिएको छ, ‘गाँजाले केनाबाइनाइड्स न्यूरोडिजेनेरेटिब रोगबाट ग्रसित बिरामीहरुको लागि सुरक्षात्मक शक्ति प्रदान गर्दछ ।’

क्यालिफोर्नियाको साल्क इन्सच्यूट फर बायोलोजिकल स्टडीजका मुख्य सोधकर्ता डेविड स्कुबर्टका अनुसार गाँजाको प्रयोग कोषहरु सुन्निनु तथा एम्लाईड बीटा एक्यूमुलेशन दुबैमा प्रभावकारी हुन्छ । 

एम्लाईड बीटा स्मरणशक्तिमा कमी आउनुको प्रमुख कारण मानिन्छ । यो हानिकारक प्रोटिक मानब मस्तिष्कमा जम्दछ र कोषहरुको संचारमा रोकावट आउँदछ । 


(एजेन्सीको सहयोगमा)

Last modified on 2019-03-04 11:38:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts