शिवरात्रि विशेष

शिवरात्रिमा गाँजा खाँदै हुनुहुन्छ ? एकचोटी यो पनि पढ्नुस्



Download our app to get more features

गाँजा नेपालमा सामाजिक हिसाबले अद्र्ध्स्विकृत लागुपदार्थको रुपमा रहेको छ । शिवरात्री, होली जस्तै धार्मिक, साँस्कृतिक अवसरहरुमा परसादी वा यस्तै रुपमा यसको प्रयोग हुन्छ । यदाकदा मठमन्दिरमा यसको सेवन भइरहेको देख्नसकिन्छ । यसको खेती र बितरणमा कानुनी बन्देज पनि देखिन्छ । एक मनोचिकित्सककारुपमा यस्ता केशहरु भटेको छु जसमा यसको सेवनले मानसिक समस्या सुरु गराउन सुकेको स्याउलामा सलाईको काँटी जस्तो र मानसिक रोग भैसकेपछिको स्थितिमा भित्रभित्रै आगोलाई सल्काइराख्ने भुंग्रो जस्तो भुमिका खेलेको प्रष्ट देख्छु । शिवरात्रीको गाँजा परसादी यस्तो अबसाद नबनोस् यहि नै मेरो यो लेखको ध्येय हो ।

गाँजा–परिचय
यसलाइ marijauna र चिकित्सा भाषामा cannabiz भनिन्छ । यो गाँजाको cannabis sativa भनिने बिरुवाको पात, टुसा र फूलबाट बनाइन्छ । ह्यासिस “hassish” हिँ यसबाट निस्कने च्याप्च्याप् लाग्ने पदार्थबाट बन्छ । यो मनमस्तिष्कलाई असर पार्ने खालको मनोद्विपक कोटिको पदार्थमा पर्छ ।

गाँजाको प्रयोग र समस्याको व्यापकता
गाँजा यस्तो अवैध लागुपदार्थ हो जुन यस कोटिका पदार्थहरुमध्ये संसारभरि नै सर्वा्धिक सेवन गरिन्छ करिब चार प्रतिशत १५देखि ६४ वर्षका मानिसले यसको सेवन गर्ने गरेको तथ्यांक छ । विशेष गरेर किशोर र युवा तथा पुरुषहरुले यसको सेवन गर्नेगरेको पाइन्छ । नेपालमा गाउँठाउँमा यसको प्रयोग व्यापक देखिन्छ ।

गाँजाको औषधिय गुण
कतिपय अवस्थामा यसको उपयुक्त प्रयोग भएको पनि देखिएको छ, जस्तैः दुखाइ कम गर्ने, भोक जगाउने असर क्यान्सर जस्ता पिडादायक अवस्थामा उपयुक्त विकल्प पनि हुनेगरेको छ । अरु केहि दवाइहरुमा पनि यो मिसाएर बनाएको पाइन्छ । तर यसो भनेर यसको प्रयोगलाई बढावा दिनुहँुदैन । किनभने यसबाट धेरै हानीकारक असरहरु उत्पन्न हुन्छन् ।

गाँजाको असर
यसको प्रयोगले मानिसको मनमस्तिष्क र शरीरमा विविध असरहरु उत्पन्न हुन्छ । मानसिक रुपमा यसको सेवनपछि तत्कालीन असर स्वरुप कतिलाई छट्पटी र मनोत्राससम्म भएको देखिन्छ । कतिपय मानिसलाई केहि कुरामा ध्यान केन्द्रित हुने, सोचबिचार र एकाग्र हुने गर्ने, केहि अवस्थाप्रति स्वतः प्रतिक्रिया जनाउने र निर्णय लिने क्षमतामा प्रतिकूल असर गर्छ । त्यस्तै कतिपय मानिस छट्पटाउने, डराउने, रुने, कराउने आदि हुन्छ । जबकि अरुलाई यसको असर रहुञ्जेल रमाइलो, आनन्द, स्वच्छन्द, आराम, चैन र पिडारहित अनुभव दिन्छ । शारिरीक असरहरु पनि हुन्छन्, जस्तैः मुटुको चाल बढ्ने, रक्तचाप बढ्ने, सास छिट्छिटो फेर्ने, आँखा रातोपिरो हुने, मुख सुक्ने, भोक लाग्ने आदि ।

दिर्घकालीन र अत्याधिक सेवनले यसकै लत र दुव्र्यसन हुनेगर्छ र अरु विभिन्न मानसिक शारिरीक तथा जटिलताहरु पनि निम्तिन्छन् । कतिलाई अरु अझै हानिकारक लागुपदार्थको समस्यातिर धकेल्ने,उदासिन, पागलपन, छट्पटी लगायत धेरै खालका मानसिक समस्याहरु उब्जीने तथा शारिरीक दृष्टिले कुपोषण, क्षयरोग एड्स लगायतका संक्रमणहरुको सम्भावना बढ्ने गरेको देखिन्छ । यस्ता मानसिक रोगको सम्भावना वंशानुगत र अन्य हिसाबले भएका व्यक्तिहरुमा यसको सेवनले सुरुवातु हुनमा सघाउ पुयाउने गर्छ । यसले मानसिक समस्या, विशेष गरेर स्किजोफ्रेनिया जस्ता कडा मनोरोग भैसका ेस्थितिमा रोगलाई जीर्ण र अरु गम्भीर बनाउनपनि भुमिका खेल्ने गर्छ ।  

गाँजाको लत र दुव्र्यसन
गाँजाको लतलाई चिकित्साभाषामा अबललबदष्श गकभ मष्कयचमभच वा गाँजाको दुव्र्यसन भनिन्छ । शुरुमा यसले लत लाग्दैन भनी सोचिएपनि पछि यो नशालु र व्यसन हुने पदार्थको रुपमा सिद्ध भएको छ । अरु लागुपदार्थमा जस्तै यसमा पनि दुव्र्यसनका कम र ज्यादा कडा विविध लक्षणहरु देखिएका छन । अरु नशालु पदार्थको दुव्र्यसनमा जस्तै यसमा पनि गम्भीरताका हिसाबले लक्षणहरु प्रकट् हुन्छन । जतिकडा अवस्था भयो उतिनै  धेरै लक्षणहरु देखिने गर्छन् । जस्तैः प्रयोगमा व्यक्तिको नियन्त्रण गुमेर सेवन थाल्ने, थालेपछि गरेको ग¥यै हुने, लाख गर्दा पनि प्रयोग रोक्नै नसक्ने । यसबाट उत्पन्न असर घटाउने जस्ता कुरामै अधिक समय खर्चने, यसको तल्तल् लागिरहने, यसको प्रयोगका कारण व्यक्तिबाट वाञ्छित दायित्व निभाउन नसक्ने, यसको प्रयोगले खराबी भएपनि र यसको जानकारी भएपनि रोक्न नसक्ने, अरु रुचि, दैनिकी वा क्रियाकलापमा ध्यान नजाने, प्रयोग गर्दा खतरा वा हानी हुने अवस्था जस्तैः ड्राइभिंङ गर्दा पनि यसको प्रयोग गर्ने, त्यत्तिकै असरका लागि बढी बढी मात्राको सेवन गर्नुपर्ने हुनु नगर्दा वा ढिलाइ गर्दा विभिन्न लक्षणहरु पैदा हुने अवस्था भनेको यसको दुव्र्यसनले गर्दा हो ।

मानिसले यसको सेवन रोक्दा वा घटाउँदा चिड्चिडाहट, रिस, छट्पटी, डर, त्रास, अनिद्रा, उदासी, बोर तथा टाउको र पेट दुखम्ने,, पसिना छुट्ने, ज्वरो आउनेजस्ता लक्षणहरु पैदा हुनसक्छन् ।

यसको उपचार र हाम्रो भूमिका 
यो समस्याका समाधान यसको समझ र जागरुकता बाट शुरु हुन्छ । यसका लागि यसबारे सत्यतथ्य जानी बुझी राखौं । अभिभावकले आफ्ना सन्तानहरुलाई उत्तरदायी, सतर्क र चनाखो भएर यस्ता खराब प्रवृत्तिबाट टाढा राख्ने कोसिस गर्न एकदमै आवश्यक हुन्छ । यसको समस्याजनक प्रयोग देखिएको छ वा शंका लाग्छ भनेको बिना हिच्किचाहट् अबिलम्ब सम्बन्धित विज्ञको सेवामा जानुपर्छ । यसको निदान बिरामीलाई लेवल लगाउन वा अन्य हिसाबले नभई उपचारका लागि हुनेगर्छ । यसको निदान भएकोमा ग्लानी वा चिन्ता मानेर बस्नुभन्दा पनि आवश्यक र उचित उपाय गर्न्तिर लाग्नु, सहयोगी साथीभाई, आफन्तको सहयोग सल्लाह लिनुस विज्ञको सल्लाह लिनु आवश्यक र लाभदायी हुन्छ । पीडित व्यक्तिलाई उपचारको लागि सम्बन्धित स्थानमा लान, उपचार शुरु गर्न, फलोअपमा रहन, ठीक भएपछि पनि पुनस्र्थापना लगायत गर्नु पर्छ । पछि दोहरिन नदिन आवश्यक होसियारी अपनाउनमा परिवारजन र साथीभाई को ठूलो भुमिका रहनेगर्छ ।

मनोपरामर्श
यसबाट व्यसनीलाई आफ्नो समस्याबारे यथार्थ अवबोध गर्न र यसको चंगुलबाट निक्लन उपयोगी हुने विविध उपाय र विकल्पहरुबारे जान्न सघाउँछ । नशा सेवनदेखि टाढा रहेर जीवन जिउने उपायहरुको बुझ्न यसबाट सहयोग पुग्छ ।

सामाजिक सञ्जाल
यस अन्तर्गत यसको लतबाट पीडित व्यक्तिहरुको बीचमा आफूले भोगेका अनुभव र यसबाट निक्लिन आफूले अपनाएका तरीकाहरुबारे आपसमा अन्तरक्रिया आदानप्रदान हुन्छ । मारिजुआना एनोनिमस वा अन्य समूहमा आवद्ध भएर यसरी सामूहिक रुपमा कटिबद्ध हुँदा व्यक्तिलाई धेरै हौसला मिल्नेगर्छ ।

औषधि उपचार 
यस्ता मनोसामाजिक तरीकाहरु अपनाएर पनि कतिपय मानिसहरुले यसको चक्रव्यूह तोडर लत छाड्न सक्दैनन ।
यस्ता व्यक्तिहरुका लागि अझ व्यवस्थित र निर्दिष्ट खालका उपचार विधिहरु, मनोवैज्ञानिक थेरापि, व्यवहारगत अभ्यास, नियमित जाँच, आदिको आवश्यकता पर्नजान्छ । यसमा परिवारको संलग्नता विशेष गरेर किशोर दुव्र्यसनीहरुका उपचारमा लाभप्रद हुनेगर्छ । यसमा विविध पक्षबाट लाभदायी हुनसक्ने औषधीहरुको पनि विकास भैरहेको देखिन्छ । गाँजाको दुव्र्यसनको साथसाथमा उब्जीने वा सँगै भै अरु मानसिक र शारिरीक रोगहरुको पनिसाथै उपचार गर्न जरुरी हुन्छ । डिप्रेशन भएका यस्ता दुव्र्यसनीको उपचारबिना समग्रमा उपचार प्रयास सफल हुनसक्दैन । 


डा. शाक्य वरिष्ठ स्नायु, दुव्र्यसन तथा मनोरोग विशेषज्ञ एडिशनल प्रोफेसर हुनुहुन्छ ।

Last modified on 2019-03-05 07:56:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts