काठमाडौं न्युरो तथा जनरल अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर, ६ सय लाभान्वित



Download our app to get more features

काठमाडौं, २० फागुन । सुन्धारामा काठमाडौंमा रहेको न्युरो तथा जनरल अस्पतालले नुवाकोट रहेको त्रिशुुली क्लिनिक जनसेवा अस्पतालमा एक दिने निःशुल्क स्वास्थ्य शनिवार सम्पन्न गरेको छ । शिविरबाट करिव ६०० जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका छन् ।

शिविरमा नशा तथा स्नायु रोग, प्रशूती तथा स्त्री रोग, बाल रोग, हाडजोर्नी, दन्त रोग, मुटु रोग, दम तथा छाती रोग, छाला तथा यौन रोग र मानसिक रोग सम्बन्धी विशेषज्ञ सेवा दिएको अस्पतालका प्रवन्ध निर्देशक डा. लुःज मानन्धरले जानकारी दिए । अस्पतालले यस्ता निःशुल्क स्वास्थ्य शिविरको माध्यमबाट स्वास्थ्य सेवा पाउन नसकेका नागरिकहरुलाई स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । अस्पतालले विभिन्न ठाउँहरुमा स्वास्थ्य परामर्श प्रदान गर्दै कसरी स्वस्थ हुने भन्ने जनचेतना पनि फैल्याउदैं आएको छ । 

शिविरमा आएका धेरै विरामीहरुले आफुहरुले आफ्नै घरदैलोमा नेपालका विख्यात चिकित्सकहरुद्वारा जाँच गराउन पाएकोमा अत्यन्तै खुसी महसुस भएको प्रतिक्रिया दिएका छन् । यस्ता शिविरको माध्यमबाट स्वास्थ्य क्षेत्रको पहुँच बाहिर रहेका जनताहरुको सेवा गर्न जहिले पनि अस्पताल तत्पर रहेको अस्पतालका चिफ एक्जुकेटिभ अफिसर श्याम कुमार श्रेष्ठले बताए । उक्त अस्पतालका वरिष्ठ न्युरो सर्जन डा. प्रविन श्रेष्ठले शिविरको माध्यमबाट स्वास्थ्य सेवालाई थप गाउँ–गाउँसम्म पुर्याउने र स्वास्थ्य सेवाबाट बञ्चित नागरिकहरुलाई गाउँमा नै गएर सेवा गर्ने समय आएको बताए । साथै सरकारी र निजी स्वास्थ्य संस्थाहरु मिलेर कार्यक्रम गर्न सकिएको खण्डमा अझ कार्यक्रम बढी प्रभावकारी हुने उनको भनाई छ । 

 शिविरमा विरामीहरुलाई निःशुल्क औषधि वितरण, प्याथोलोजी सेवा, मुटुको भिडियो एक्स–रे , पेटको भिडियो एक्स–रे, जस्ता सेवाहरु पनि प्रदान गरिएको थियो । 

 स्वास्थ्य शिविरमा वरिष्ठ न्युरो सर्जन डा. प्रविन श्रेष्ठ, वरिष्ठ न्यूरोलोजिष्ट डा. इशा ढुङगाना, प्रसुती तथा स्त्री रोग विशेषज्ञ डामोनिका मिश्र, हाडजोर्नी रोग विशेषज्ञ डा. कृष्ण राज खनाल, दन्त रोग विशेषज्ञ डा. विना गुप्ता, मुटु रोग विशेषज्ञमा डा. शैलेन्द्र कुशवाह, फिजिसियन डा. प्रतिक पौडेल, छाला तथा यौन रोग विशेषज्ञ डा. पारस श्रेष्ठ , डा.सुनिल भण्डारी  र डा.मदनले सेवा प्रदान गरेका हुन् ।  


 

Last modified on 2019-03-04 15:30:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts